Rashtriya Dainik

भन्सार छली भारततर्फ लैजाँदै गरेको १ हजार ५० किलो फर्सीको बीउसहित पिकअप नियन्त्रणमा

आरपी उपध्याय / नवलपरासी ७ भदौ

पश्चिम नवलपरासी सुस्ता गाउँपालिकामा अवैध रुपमा भन्सार छली भारततर्फ लैजादै गरेको फर्सीको बीउ लोड गरेको पिकअप गाडीलाई संयुक्त सुरक्षा निकायले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल २६ न. गण हे.क्वा. पश्चिम नवलपरासी र नेपाल प्रहरीको संयुक्त टोलीले सुस्ता ३ रेवा स्थित ठोक्कर न.६ देखि १.५ किलोमिटर पुर्वतर्फ नारायणी नदी किनारबाट डुङ्गामा निकासी गर्न थालेको १ हजार ५० किलो फर्सीको बियाँ नियन्त्रणमा लिइएको हो।
संयुक्त सुरक्षा निकायले लु.३च२००४ नम्बरको एउटा पिकअप गाडी र लु.१ज३१५७, लु.१ज४४७९ र लु.३च४०२३ का चार ओटा पिकअप नियन्त्रणमा लिइएको २६ न.गणका सुचना अधिकारी डिएसपी मनोज गुरुङले जानकारी दिनुभएको छ।
प्रहरीले नियन्त्रणमा लिएको पिकअप गाडी मध्ये तीनको सङ्ख्यामा पिकअप खाली अवस्थामा रहेको बताइएको छ।
अवैध रुपमा लादै गरेको फर्सीको बीउ बोक्ने पिकअपका चालक सुरक्षाकर्मी देख्नासाथ गाडी लक गरी भागेकोमा चार ओटै गाडीलाई नियन्त्रणमा लिइ शङ्खास्पस गाडीको विस्तृत चेकजाँच गर्दा तीनको सङ्ख्याका खाली पिकअपमा मालवस्तु फेला नपरेको डिएसपी गुरुङले जानकारी दिनुभयो।
प्रहरीले अवैध गाडी नियन्त्रणमा लिदा करिब २ सयको सङ्ख्याका महिला, बालबालिकाहरुको उत्तेजित भिडले छानबिन कार्यमा बाधा पुर्याएको पनि बताइएको छ।
पिकअप गाडी नियन्त्रणमा लिदा रातीको समय भएकोले स्थानीय संवेदनशीलतालाई ख्याल गरी फर्सीको बीउ लोड गरेको एक मात्र पिकअपलाई नियन्त्रणमा लिइ थप कारवाहीको लागि महेशपुर भन्सार बुझाइएको २६ न. गणले जानकारी दिएको छ।
स्मरणीय छ सोही ठाउँबाट तीन साता पूर्व भारतबाट अवैध रुपमा नदीको मार्ग भइ नेपाल ल्याइएको १ ट्याक्टर केरालाई स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको थियो।
नारायणी नदीमा पछिल्लो केही समययता मोटर जडान डुङ्गा चलेको र सोही डुङ्गाबाट अवैध कार्य हुँदै आएको पनि स्रोतले दाबी गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित