Rashtriya Dainik

पोखरिया युवा कल्बद्वारा होली मिलन समारोह

राजन कुमार बानिया/पर्सा १३ चैत

पोखरिया युवा कल्बले अायोजना गरेको होली मिलन समारोह तथा शुभकामना अदानप्रदान कार्याक्रम अाज पर्साको पोखरिया नगरपालिकामा रहेको शिवमंदिर को प्रागंणमा सम्पन भएको छ।

पोखरिया युवा कल्बले अायोजना गरिएको
होलीमिलन समारोह तथा शुभकामना अदान प्रदान कार्यक्रम को प्रमुख अतिथि नेपाली कांग्रेस का नेता तथा पुर्व जिल्ला बिकास समिति पर्साका सभापति जनार्धन सिंह क्षेत्री ले भने अापसी भाईचारा कायम राखन को लागि होली मिलन समारोह राखिएको छ।

होलीमा प्रेम साटा साट गरि शान्ति पुर्ण तरिका ले होली मनाउन अाग्रह समेत गरेका छन । कोरोना को महामारीलाई मधयनजर गरि होलीमा अाफ्नै घरमा होली मनाउन अाग्रह समेत गर्नु भएको हो ।

युवाहरु देशको कर्णधार हो अब देशमा युवाहरुलाई अगाडि बढन र अात्मनिर्भर बन्न अाग्रह समेत गर्नु भएको छ।

युवा र युवा कल्बहरु कसैको झोला बोकने काम नगर्न र देश जनताहरुको लागी ईमान्दारी पुर्वक लागन अाग्रह समेत गरेका छन।

पुर्व सभापति क्षेत्रीले भने पोखरिया अस्पताल मा ५ बजे कर्मचारी नभेटने गरेकोले दुखेसो पोखनु भएको थियोे ।

गरिब जनता र ग्रामिण क्षेत्रका मुटुमा रहेको पोखरिया अस्पताल लाई ब्यवस्थित बनाउन युवा हरुको पनी भुमिका जरुरी रहेको बताए ।बिकासको कुरा गर्दै भने पोखरिया को बिकासमा सबै जना हाथोमालो गरि लागनु पर्ने मा जोड दिनुभएका छन। अरु को खुटा तान्ने काम गर्नु भन्दा राम्रो बिकास को काम मा एक जुट भएर लागनु पर्नेमा जोड दिनु भएको थियोे ।

होली मिलन समारोह तथा शुभकामना अदान प्रदान कार्यक्रम पोखरिया युवा कल्बका अध्यक्ष अफरोज मियाँको अध्यक्ष्ामा सम्पन्न भएको थियो । होली मिलन समारोह कार्यक्रममा प्रदेश सभा सदस्य दोय रामेश्वर रौनियार ,प्रधुमन चौहान,पोखरिया नगर उपप्रमुख सलमा खातुन,वाडअधयक्ष लक्षमण साह, अजय गुप्ता ,रामबाबु चौहान, नन्दलाल कुर्मी , पुर्व गाबिस अध्यक्ष शंकर प्रसाद यादव, ठाकुर राम बहुमुखि क्यामपसका पुर्व प्रिसपल ललन दुबेदी, समाजसेबी बद्रि प्रसाद चौरसिया,अजय मिश्रा, पत्रकार धर्मेन्द्र चौरसिया,श्री किसुन चौहान, नेकपा माअोबादी का नगर प्रमुख पनालाल पटेल,जसपाका नगरप्रमुख राजु साह,युवा नौसाद अालम ,लगायतको स्थानिय युवा हरुको उपस्थित रहेको थियोे। कार्यक्रम मा स्वागत मन्तब्य कौशल कुमार गुप्ताले गर्नु भएको थियो ।

कार्यक्रम संचालन राजु गिरीले गरेका थिए। होली मिलन समारोह कार्यक्रममा होली मिलन समारोह तथा शुभकामना अदान प्रदान कार्यक्रममा अबिर लगाएर बनाएका थिए।
पोखरिया युवा कल्बको अायोजनामा होली मिलन तथा शुभकामना अदानप्रदान कार्याक्रम पोखरियामा सम्पन

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित