Rashtriya Dainik

नयाँ युवा नयाँ साेच सेवा समाज नेपाल जिल्ला इकाई बझाङले गर्याे यस्तो कार्यक्रम सम्पन्न, १०० बढी जनाकाे सहभागी ।

सन्जिता धामी बझाङ

नयाँ युवा नयाँ साेच सेवा समाज नेपाल जिल्ला इकाई बझाङले शैक्षिक तथा बाैद्दिक क्षेत्र गन्तरगत रहेर भर्चुअल माध्यमबाट सञ्चालन गरेको कार्यक्रम सम्पन्न भएको छ । बिहिवार नयाँ युवा नयाँ साेच सेवा समाज नेपाल केन्द्रकाे सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हाे । नयाँ युवा नयाँ साेच सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष मुकुन्द दिप मडैकाे अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय आशा कुमारी विक, प्रशिक्षक काठमाडौं तालिम केन्द्रका कार्यकारी निर्देशक राज बहादुर गिरि रहनु भएको थियोे भने कार्यक्रमकाे सञ्चालन केन्द्रीय संयाेजक बिनाेद खत्रीले गर्नु भएको थियो ।

देशको राजनैतिक अवस्था,समाजको विसंगति,देशमा बढ्दो बेरोजगारी, बेथिति, युवाहरुको अवस्था यी र यस्तै कुराहारुले हामी प्रत्येक दिन नकारात्मक सोचको सिकार भइरहेका बेला सकारात्मक साेच बिषय सँग सम्बन्धित रहेर सञ्चालन गरिएको यस कार्यक्रममा देशभरका विभिन्न जिल्लाबाट १०० बढी जना सहभागी रहेकाे जिल्ला इकाई बझाङका अध्यक्ष सन्जिता धामीले जानकारी दिएका छन् ।

कार्यक्रममा विगत दुई दशक देखि विकासकाे क्षेत्रमा काम गर्दै आएका विकास विज्ञ राज बहादुर गिरिकाे बिशेष भुमिका रहेको थियो । उक्त कार्यक्रममा बाेल्दै प्रतिनिधि सभा सदस्य आशा कुमारी विकले याे संस्थाले एक दमै राम्रो काम गरेको शुदुरपश्चिम जस्तो बिकट जिल्ला डाेटिमा यसकाे स्थापना भयता पनि देशभरका विभिन्न जिल्लाका युवाहरुकाे लागि भर्चुअल माध्यम बाट पनि यस्ता कार्य गर्दै आएकोमा खुसि व्यक्त गर्नु भएको छ । साथै उहाँले भन्नू भयाे याे संस्थाका लागि के गर्नु भर्छ, म पछि हट्दैन, राम्रो काम गर्नेहरुकाे लागि म सधै साथमा हुनेछु , झनै बझाङ जिल्लाकाे आयाेजनामा यस्तो कार्यक्रम गरेकोमा खुसि छु।

त्यस्तै कार्यक्रममा बाेल्दै केन्द्रीय अध्यक्ष मडैले पनि बझाङ जिल्लाका स्थानीय तह सँग सम्वय गर्न सक्यो भने लगत्तै शैक्षिक तथा बाैद्दिक क्षेत्र सँगै सम्बन्धित रहेर संसदीय बहस गर्ने बताएका छन् ।आफ्नो स्थापना काल देखि नै यस संस्थाले युवा, महिला तथा बालबालिका लाई लक्षित वर्ग बनाई मुख्य गरि ग्रामीण जिल्लाहरुलाई केन्द्रविन्दु बनाएर शैक्षिक-बौद्दिक, खेलकुद, वातावरण-सरसफाइ तथा सामाजिक-न्यायीक गरि चार क्षेत्रमा रहेर कार्यक्रमहरु गर्दै आइरहेको छ। जिल्ला इकाई तथा प्रतिनिधि जिल्ला गरि हालसम्म देशका करिब चार दर्जन जिल्ला सम्म पुगिसकेको छ । सुदुर पश्चिममा पनि आठ वटा जिल्ला इकाई गठन भइसकेका छन् भने कञ्चनपुर पनि प्रस्तावित रहेको छ। यसै क्रममा गत मंसिर १५ गते बझाङ जिल्ला ईकाइ पनि गठन भएको थियोे । गठन भए लगत्तै वातावरण तथा सरसफाइ क्षेत्र अन्तरगत बझाङ सदरमुकाम चैनपुरमा एउटा कार्यक्रम गरे पछि याे कार्यक्रम गर्न सफल भएको बझाङ जिल्ला इकाई सचिव बिकास बिष्टले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित