Rashtriya Dainik

मष्टा ५ किनाडामा भवनको अभावले दुईवटा कक्षा एकै काेठामा पढाउन बाध्य

उत्तम कुमार थापा

मष्टा गाउँपालीका जानकी अाधारभुत विद्यालयमा भवनकाे अभाव छ ।

गाउँपालीकाकाे वडा नम्बर ५ किनाडामा रहेको जानकी अाधारभुत विद्यालयमा भवनकाे अभाव हुदा निकै समस्या भएको हाे ।

जानकी अाधारभुत विद्यालयमा ९ वटा कलास छन , भवनमा ८ वटा कक्षा काेठा हेदा दुई कलास एकै काेठामा पढाउनु पर्ने बाध्यता भएको विद्यालयका प्रधानाध्यापक हेमराज बाेहराले बताए । शिक्षक बाेहराले भने,विद्यालयमा स्थानीय सरकारकाे ध्यानाकर्षण नहुदा निकै समस्या देखापरेको उहाँको भनाइ छ ।

विद्यालयमा १८७ जना विद्यार्थी रहेका छन । जसमा १० जना शिक्षक रहेकोमा ४ जना निजि शिक्षक रहेका छन । विद्यालयमा भवन अभावका कारण दुईवटा कक्षा एकै काेठामा सञ्चालन गर्नुपर्ने बाध्यता रहेकाे प्रधानाध्यापक बाेहराले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित