विवेकशील साझा पार्टीकाे संगठन बिस्तार अभियान गाउँ गाउँमा पुग्दै छ यसकाे पछिल्लो उदाहरण सुर्खेतकाे बराहताल गाउँपालिकालाई लिन सकिन्छ ।विवेकशील साझा पार्टी सुर्खेत ले आज स्थानीय तह अन्तर्गत बराताल गाउँपालिकामा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

सम्पर्क कार्यालय उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिती विवेकशील साझा पार्टी कर्णाली प्रदेश का सह-संयोजन प्रेम के सि ले काङ्ग्रेस लथालिङ्ग र एमाले , माओवादी भताभुङ्ग भैसकेको र अब यिनी पार्टी हरुबाट देश लाई समृद्धि तिर लिन नसकिने भएको हुदाँ विवेकशील साझा पार्टी देशको नेतृत्व को लागि निर्विकल्प रहेकाे बताउनु भयाे ।

कार्यक्रम संचालक कर्णाली प्रदेश कमिटी सदस्य विनिता बोगिटि ले गर्नु भयको थियो भने मन्तव्य केन्द्रिय सदस्य सुशील देवकोटा , प्रदेश कमिटी सदस्य रमा आचार्य , पदम खनाल ले राख्नु भएको थियो भने कार्यक्रम को अध्यक्षता विवेकशील साझा पार्टी सुर्खेत का संयोजक अनिल ढकाल ले गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

