अर्जुन शाह/लखनपुर /चैत्र १२
बाराको परवानीपुर गाउँपालिकाको वडा नं ३ लिपनीमालमा टोलमा संचालित उज्वल किशोरी सम्बाद केन्द्रमा शैक्षिक सामाग्री वितरण गरिएको छ।
किशोरी सम्बाद कार्यक्रमका कार्यालय प्रमुख भिम कुमार राइको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि परवानीपुर गाउँपालिका वडा नं ३ का वडाध्यक्ष अनिल कुमार रामले आफ्नो मन्तब्य राख्दै
शैक्षिक सामाग्री वितरण कार्यक्रमले दलित,गरिब तथा असाहय बालबालिकाहरुलाई बिधालयमा निरन्तरता दिने छ । साथै यो शैक्षिक सामाग्रीले बिधालय र बिद्यार्थीहरुलाई जोड्न एउटा पुलको काम गर्छ। हुन त यो शैक्षिक सामाग्रीले जिवन भरि चल्दैन तर शिक्षा प्रति ठुलो जोड दिन्छ भन्ने कुरामा जाेड दिनुभएको थियाे। साथै साना साना कारणले जस्तै कपी,पेन, र ब्याग बितरण गरेर बिद्यालय छोड्न सक्दैन यो एउटा हाम्रो ठूलो उपलब्धि रहेको बताउनु भएको हाे।
युरोपियन युनियनको आर्थिक सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा चाइल्ड नेपाल एवम् संरक्षण नेपालको सहकार्यमा संचालित किशोरी सम्बाद कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम भएको फिल्ड सुपरभाइजर सुनेश्वर प्रसाद साहले बताउनु भएको हाे।
परवानीपुर गाउँपालिकामा संचालित किशोर तथा किशोरी सम्बाद केन्द्रका २४ जना किशोरी तथा किशोरीहरुलाई उक्त शैक्षिक सामाग्री वितरण गरिएको साहले बताउनु भएको हो ।
यस गाउँपालिकाको वडा कार्यालय,बिधालय तथा सम्बाद सहयोग समितिको सिफारिसमा शैक्षिक सामाग्री वितरण गरिएको राइले बताउनु भएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

