नन्दु यादव चैत १२नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपपुर गाउपालिका वडा न ४पचफेडामा अागलागि भए पछि तत्काल वडा अध्यक्ष जन्त्री प्रसाद बरईले चामल ,दाल ,तराकारी ,त्रिपाल लिएर पचफेडा मा पुगि अागलागि घरपरिवारलाई सहयाेग गर्नु भएकाे छ ।
साथै अाज वहाले सबेेैेै घरपरिवारलाई लगाउने लत्ता कपडा समेत किनेर सहयााेग गर्ने बताउनु भएकाे छ । सामानहरु ग्रहण गर्दै राजकुमार राजभरले रुदै भने हाम्राे सहारा वडा अध्यक्ष ज्यु नै हाे वहाँ नै हाम्राे अभिभावक हाे वहामाथि हामी अाश्रित छाै ।
सामान बितरण गर्दै वडा अध्यक्ष जन्त्री प्रसाद बरईले तत्कालका लागि तरकारी, चामल ,त्रिपाल दाल लगायतका सामान उपलब्ध गरायका छाै र थप अब वडा कार्यालयबाट र गाउपालिकाबाट थप सहयाेग गर्न कुनै पनि कसर बाकि नराख्ने बताउनु भयाे ।घर निर्माण का लागि पनि वडाबाट र थप बजेट अाफु गाउपालिकाबाट माग गर्ने पहल गर्ने बताउनु भयाे ।कुनै चिन्ता लिनु पर्दैन म जनताकाे सेवक हु सेवा गर्ने मेराे धर्म हाे म सधै हरेक क्षणमा सहयाेग गर्ने प्रतिबद्ध छु वडा अध्यक्ष बरईले भन्नू भयाे ।
वडा अध्यक्ष बरईले अाफ्नाे वडा मा हुने हरेक घर परिवारकाे बिबाह कार्यक्रम ,काजक्रिया ,असहाय ब्यक्तिहरुलाई नगद र जिन्सि सहयाेग गर्दै अाएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

