महेश यादव नवलपरासी , ११ चैत
पश्चिमी नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ हातिबनमा समस्यामा अधारित अभिभावकहरु सग्ग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
एबिसि नेपाल , स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग तथा प्रतिफा किशोर किशोरी सञ्जालको अायाेजना र सरावल गाउँपालिका काे सहकार्यमा समस्यामा अधारित अभिभावकहरु सग्ग अन्तक्रिया कार्यक्रम हातिबनमा सम्पन्न भएको हाे ।
सञ्जालका अध्यक्ष बुद्धसागर गुप्ताकाे अध्यक्ष्ाता तथा वडा नम्बर ४ कि वडा सदस्य जन्तिरा देवि सहानिकाे प्रमुख अतिथतामा बाेल्दै प्रमुख अतिथि सहानिले समुदायमा दिन प्रतिदिन बढदै गएको बाल विवाह , महिला हिंसा, उचनिच जस्ता भेदभाव लाई नियुनिकरण गर्नका लागि समाज मा जनचेतना भैलाउन अति अावश्यक भएको बताईन र समाजमा एक अर्का प्रतिकाे हेर्ने नकारात्मक दृष्टिकोणलाई सकारात्मक बनाउन अाजका किशोर किशोरीहरुकाे ठुलो भुमिका रहेको बताउदै यस्ता समस्या समाधान गर्नका लागि अभिभावकहरुलाई समेत लाग्नु पर्ने बताउदै किशोर किशोरी भाईबहिनिहरुलाई धन्यवाद दिदै अाफु समेत लागेकि परेको बताएका थईन ।

साे कार्यक्रममा बाेल्दै अध्यक्ष गुप्ताले समाजमा मानिसलाई हेर्ने नकारात्मक दृष्टिकोणलाई जनचेतना जगाई सकारात्मक बनाउन अाफु र किशोर किशोरीहरु सधैं लागेको बताए । र बाल बिवाह , महिला हिंसा नियुनिकरण गर्नुका साथै भेदभाव जस्ता नकारात्मक साेच लाई हटाउन र जनचेतना जगाउन किशोर किशोरीहरु सधै लागिपरेका र अभिभावकहरुले पनि साथ सहयोग दिन अाग्रह समेत गर्नु भएको थियो ।
कार्यक्रममा एबिसि नेपालका सहजकर्ता दुर्गा बिक , जानकि गाैड लगाएत ४५ जना अभिभावक र किशोर किशोरीहरुकाे सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

