Rashtriya Dainik

युवा नेतृत्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

नवलपरासी , महेश यादव ११ चैत

पश्चिमी नवलपरासीको पाल्हिनन्दन गाउँपालिका मा युवा नेतृत्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

एबिसि नेपाल काे अायाेजना तथा स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सामुदायिक रेडियो परासीकाे सहकार्यमा युवा नेतृत्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

एबिसि नेपालका क्षेत्रिय प्रमुख मनाेज लामिछानेको अध्यक्ष्ाता तथा समुदायिक रेडियो परासिका प्रबन्धक निर्देशक मेघराज गाैतमकाे प्रमुख अतिथतामा युवा नेतृत्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गाैतमले ग्रामीण क्षेत्रमा युवाहरुले गरेकाे विभिन्न विकास निर्माणका कार्य ,समाज परिवर्तनका लागि गरिएको याेगदानलाई स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म पुर्‍याउन जरुरी भएको बताए र युवाहरुकाे मनाेभावना लाई बुझेर युवाहरुकाे नेतृत्व विकास गर्नका लागि युवा कार्यक्रम सञ्चालन गर्न अवश्यक भएको समेत बताउनुभयो ।

साे अवसरमा बाेल्दै अध्यक्ष लामिछानेले युवाहरुकाे मनाेबल बढाउन र समाजमा भएको कुरिती कुसंस्कार , महिला हिंसा , बालविवाह र चेलिबेटी बेचविखन जस्ता घटनाक्रम लाई नियुनिकरण गर्नका लागि युवाहरुले निर्वाह गरेकाे भुमिका लाई पत्रपत्रिका र विभिन्न सुचना मार्फत स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म पुर्‍याउन अावश्यक भएको बताएका थिए र युवाहरुले समाज परिवर्तनका लागि गरिरहेको गतिविधिहरुमा अाधारित भई युवा संवाद कार्यक्रम रेडियो मार्फत सञ्चालन गर्न समेत बताउनुभयो । साथै युवाहरुकाे नेतृत्व विकास गर्न र समाज परिवर्तनका लागि युवा संवाद कार्यक्रममा युवाहरुकाे ठुलो भुमिका रहेको समेत बताउनु भएको थियो ।

साे कार्यक्रममा एबिसि नेपालका सहजकर्ता राजमन बरई ,संजित शर्मा , राजेस अार्या , साईदा निसा पठान , कार्यक्रम अधिकृत सुन्नर हरिजन , एकाउन्टेन्ट उमेश देवकोटा लगाएत सरावल गाउँपालिका , सुस्ता गाउँपालिका र पाल्हिनन्दन का गरिब १५ जना युवा , युवतिहरुकाे सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित