Rashtriya Dainik

पाल्हीनन्दनमा कुबेर संस्थाको पहिलो सेवा केन्द्र

पश्चिम नवलपरासीको पाल्हीनन्दन गा•पा वडा नं ४,वैरवामा कुबेर बचत तथा ऋण सहकारी संस्था लि•को पहिलो सेवा केन्द्र स्थापना भएको छ।

वि.सं २०७१ सालमा स्थापना भएको कुबेर बचत तथा ऋण सहकारी संस्था को कुल कारोबार रकम बाह्र करोड़ रूपैयाँ नाघिसकेकोले विभिन्न शाखा को स्थापना गरि ग्रामीण क्षेत्रमा थप सेवा प्रदान गर्ने उद्देश्यले आज एक कार्यक्रम गरि पहिलो सेवा केंद्र को स्थापना भएको छ।यो संस्थाको प्रमुख कार्यालय सरावल गा•पा को वडा नं ६ ,भुजहवामा रहे पनि अन्य स्थानिय निकायमा पनि सेवा प्रवाह गरि संस्थालाई जिल्लाकै उच्च स्तरको सहकारी संस्थाको रुपमा परिणत गर्ने लक्ष्य रहेको संस्थाका संचालक समिति अध्यक्ष योगेंद्र प्रसाद बनियाले जानकारी दिनुभयो।

समुद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पाल्हीनन्दन गा•पा अध्यक्ष बैजु प्रसाद गुप्ताले रातो रिबन काटी तथा दिप प्रज्वलन गरि कार्यालय को शुभारम्भ गर्दै संस्था आफ्नो स्थानियमा सेवा गर्ने भएकोले संस्थालाई धन्यबाद दिदै अन्य सामाजिक क्षेत्रमा पनि जोड़ दिने भनेर आग्रह गरेका छन ।
कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष संजय पाठक, वडा नं ३ का वडा अध्यक्ष गोधन हरिजन,जनता समाजवादी पार्टीका जिल्ला सह-सचिव महेंद्र गुप्ता लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रम संस्थाका उपाध्यक्ष संतोष कुमार बरै ले संचालन गरेको भनेर संस्थाका केंद्रीय प्रमुख लक्ष्मण कोइरीले जानकारी दिये ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित