पुरन अधिकारी ,नवलपरासी
सङ्केत समयको क्षयरोग अन्त्यको भन्ने नाराका साथ विश्व क्षयरोग दिवस 24 मार्च 2021 को सन्दर्भमा सञ्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम भुमहीमा सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय पश्चिम नवलपरासी परासीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला भित्रका संचारकर्मिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय पश्चिम नवलपरासी कार्यलय प्रमुख कृष्ण प्रसाद पोख्रेलको अध्यक्षयता रहेको थियो ।
क्षयराेगका बारेमा सचेतना दिने उद्देश्यले क्षयराेग दिवसकै दिनमा आयोजना गरिएको उक्त कार्यक्रममा जिल्ला पृथ्वीचन्र्द अस्पतालका डा : मोहम्मद नुरुलहोदा जिल्ला स्वास्थ्य कार्यलयका नारायण भट्टराई पत्रकार महासघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा लगाएतको उपस्तिथि रहेको थियो ।

क्षयराेग विशेषत: श्वासप्रश्वासको माध्यमबाट सर्ने र ब्यालेन्स डाईडको उपयोग एवं स्वास्थ्यकर्मीको सल्लाह अनुरुप नियमित औषधि सेवन र समयमै उपचार गर्न सके यसलाई पुर्ण रूपमा निको पार्न सकिने र हाल नेपालमा निको हुने बिरामी ९० प्रतिशत रहेको ,सन २०५० सम्म क्षयराेगलाई पुर्णरुपमा निर्मुल पार्ने नेपाल सरकारको योजना रहेको समेत उक्त कार्यक्रममा जानकारी गराईएको थियो ।
गत वर्ष जिल्ला भित्र ४२१ जना क्षयराेगका बिरामी देखा परेका र जिल्लामा आबद्ध सञ्चारकर्मीले पनि स्वास्थ्य क्षेत्रलाई समेटी कलम चलाउनुपर्ने मा जोड दिइएको कार्यक्रममा क्षयरोग भई पुर्णरूपमा निको भएका सुनवल ११ भडरी निवासी सुशील न्यौपानेले आफ्नो अनुभवहरु समेत संचारक्रमीहरुलाई बताउनु भएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

