नन्दु यादव / चैत११नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ४काे पचफेडामा बुधबार भिषण आगलागि भएकाे छ ।स्थानिय उमेश राजभरकाे घरमा भाेजकाे लागि खाना पकाईरहेकाे खाना पकाउनेे ग्यास अचानक पडकेर अाग लागि भएकाे पचफेडा प्रहरी चाैकिका ईन्चार्ज धनबहादुर थापा ले बताउनु भयाे ।आगलागि बाट राजकुमार राजभर, उमेश राजभर र रबिन्द्र राजभर काे घर जलेर पुर्ण रुपमा नष्ट भएकाे थापाले बताउनु भयाे ।जसमा उमेशराजभर काे ७लाख९२हजार ,रबिन्द्र राजभरकाे ५लाख७५हजार र राजकुमार राजभरकाे१०लाख३४हजार गरि कुल २४लाख १हजार बराबर क्षति भएकाे बताईएकाे सशस्त्र प्रहरी बल का निरिक्षक धनबहादुर बुढाथोकी ले जानकारी दिनु भयाे। आगलागि भएपछि तत्काल नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानिय लगायतले तत्काल अागलागि नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल भैरवपुरका निरिक्षक गणेश पाण्डे ले बताउनु भयाे।अागलागिकाे परिवारलाई प्रतापपुर गाउपालिका वडा न ४ का वडा अध्यक्ष जन्त्री प्रसाद बरईले तत्काल चामल दाल तरकारी र त्रिपाल उपलब्ध गराउने बताउनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

