Rashtriya Dainik

दुई लाख ७२ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

उर्मिला यादव यात्री चैत ११

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट करिब दुई लाख ७२ हजार ९ सय ६० रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी एक लाख ३७ हजार ५ सय २० रुपैया मुल्य बराबरको अमुल फ्रेस क्रिम २ कार्टुन, मख्खन ४ कार्टुन, पास्ता ५ किलो., जेन्स सर्टको कपडा २२ रोल, तन्ना २० पिस र नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अन्दाजी २० हजार २ सय ४० रुपैया मुल्य बराबरको २ सय४० लिटर डिजल प्रतापपुर गाउँपालिका वडा नम्बर ७ सुर्यपुराबाट बरामद गरेको हो । उक्त मालसामान मोटरसाईकलमा राखी ल्याउदै÷लैजादै गर्दा प्रहरी टोलीलाई देखि सोही स्थानमा छाडी मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । यस्तैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख १५ हजार २ सय मुल्य बराबरको ९६ पिस कुर्ता सुरुवाल पाल्हिनन्दन गाँउपालिका वडा नम्बर .२ भक्सिपुरबाट बरामद गरेको छ । बरामद भएका सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित