Rashtriya Dainik

जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका छात्र-छात्राहरु लाई शैक्षिक समाग्री वितरण

कृष्णनगर,कपिलवस्तु चैत्र १०
मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम र जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका व्यवस्थापन समितीको सहयोगमा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका छात्र-छात्राहरु लाई शैक्षिक समाग्री वितरण गरिएको हो।
छात्रछात्राहरुले शैक्षिक सामग्री पाएपछि खुशी भएका छन् ।मदरसामा अध्ययनरत कक्षा १ देखि ५ सम्माका ३०० जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समितीले जनाएको छ।
शैक्षिक समाग्री वितरण कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्यूनिष्ट पार्टी-नेकपाका महासचिव शरण विक्रम मल्ल विशिष्ट अतिथी नाजिम समीम अहमद नदवी,लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली अतिथि नेकपा माओवादी केन्द्रका कृष्णनगर नगरकमिटी अध्यक्ष जाबेद आलम,जसपाका प्रदेश प्रवक्ता अकरम पठान, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी, उपाध्यक्ष शैख जैस मक्की, कृष्णानगर नपा १०का वडाध्यक्ष अब्दुल मोबिन खां,युवा व्यापारी रामदास चौधरी, शमशाद खां,अल्हाज फ़ज़ल महमूद खां लगायतहरु को उपस्थिती रहेका थिए।
उक्त शैक्षिक समाग्री वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथी महासचिव ‌मल्लले बाल बालिका को पढ़ने र लेख्ने वातावरण राम्रो भएमा मात्रै उनीहरुले भविष्य उज्जवल हुने बताए उनले बालबालिकाको पढ़ाईमा विशेष ध्यान दिन जरुरी रहेको बताउदै भनेकि कृष्णनगर भन्ने धर्ती गौरवशाली धर्ती हो यसले नेपाल कम्यूनिष्ट पार्टीको आन्दोलनमा पहिला मुस्लिम कम्यूनिष्ट सदस्य दिवंगत कमरेड इफ्तेखार अहमद खां र दिवंगत कमरेड असफाक अहमद(बबर खां)लाई दिएर ठूलो सहयोग गरेको थियो।
कम्यूनिष्ट आन्दोलनमा मुस्लिम व्यक्तिहरु लाई प्रवेश गराउने कृष्णनगर पहिलो थलोको रुपमा लिन सकिन्छ।
नेपालमा कम्यूनिष्ट आन्दोलनमा मुस्लिम समुदायको पनि ठूलो भुमिका रहेको जिक्र गर्दै आफ्नो हक अधिकार सुनिश्चिता गर्नाको लागि अझै पनि कम्यूनिष्ट आन्दोलन लाई सशक्त बनाउनको लागि उपस्थित सबै संग आग्रह समेत गरेका थिए।
उक्त कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी-नेकपाका महासचिव शरण विक्रम मल्ल लाई विशिष्ट अतिथि नाजिम समीम अहमद नदवीले दोसल्ला ओढ़ाई सम्मानित समेत गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित