Rashtriya Dainik

कृषि शाखा वित्थडचिरद्वारा तरकारी खेतिमा अनुगमन

उत्तम कुमार थापा / १० चैत बझाङ

वित्थडचिर गाउँपालीकामा रहेको कृषि शाखाद्वारा अनुगमन गरिएकाे छ ।

जिल्लाकाे वित्थडचिर गाउँपालीकामा रहेका विभिन्न तरकारी खेतिमा अनुगमन गरिएको हाे । अाज एक कार्यक्रमका विच कृषिशाखा वित्थडचिर गाउँपालीका कार्यक्रम सँयाेजक दिपेन्द्र थापाकाे सँयाेजगत्वमा मंगलबार कृषिमा आधारित विभिन्न स्थानमा तिव्र अनुगमन गरिएको थियाे ।

शाखाले अहिलेसम्म गरेका कृषि सम्वन्धि कामलाई तिव्रता दिदै अनुगमन गर्दा देव्यश्वरी माध्यामिक विद्यालय देउलेखले कृषिमा गरेको प्रयाेगात्मक तरकारी खेतिलाई नमुनाकाे रुपमा लिन सकिन्छ । अाज अनुगमन क्रममा बाेल्दै कृषि सँयाेजक थापाले भने,शाखाले सबै कृषकलाई गर्न सकिने सहयाेग सधै गरिरहने बताउदै ,कृषिलाई अगाडि बढाउन अनुराेध गर्दै यस्ता तालिमले उदधमि बन्न सकिने दावी गरेका हुन । यसै बिच प्राविधिक शिक्षालय कार्यक्रमका सँयाेजक दिनेश बाेहराले भने ,विद्यार्थीहरुले गरेको प्रयाेगात्मक कार्यक्रमलाई निकै प्रभावित बनाएकाे बताउदै अागामि दिनमा विद्यार्थीले बनाएकाे नर्सरी देखि अन्य बिरुवा यतै बाट लिन सकिने बताए ।

वित्थडचिर गाउँपालीका वडा नम्बर ४ मा रहेको गाउँपालीका र कृषि शाखाकाे सहयाेगमा प्रयाेगत्मक तरकारी खेतिलाई नियाल्दा निकै राम्रो देखिन्छ । तरकारी खेति ८ राेपनि क्षेत्रफलमा गरेकाे छ । २ वटा टर्नेल रहेकाे खेतिमा सुर्सानि च्याउ,भण्टा,जुकेनी ,तितिकरेलाे गाेलभेडा फर्सी लगाएत तरकारी राखेको छ । भने एक टर्नेलमा च्याउकाे नर्सिरी गरिएको हाे । यस टर्नेलमा ३५ जना विद्यार्थीहरुले प्रयाेगत्मक गरिरहेको र कृषि शाखा वित्थडले सक्ने सहयाेग गर्ने कार्यक्रम सँयाेजक दिपेन्द्र थापाले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित