दिपेन्द्र खत्री १० चैत्र गुल्मी ।
घर वरिपरि मौरीका घारैघार । घर अघि सुन्तलाको बगैचा । बिहानै उठेदेखि साँझ नपरुन्जेल मौरीको घारको हेरचाह गर्ने गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर –१ नयाँगाँउस्थित खालका ६८ बषिर्य जनक बहादुर खत्रीको दिनचर्या हो । उहाँले मौरीको मह बचेर नै बार्षिक लाखौं आम्दानी गर्नुहुन्छ ।
उमेरले ६८ बर्ष पुग्नुभएका जनकबहादुर खत्री, परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौ रुपैया आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरणको पात्र बन्नुभएको छ । विगत पाचँ बर्षदेखि व्यावसायिक रुपमा मौरीपालन व्यावसाय गर्दै आउनुभएका कृषक खत्रीले मह उत्पादन गरेर बार्षिक लाखै रुपैया आम्दानी गर्दै आउनुभएको छ । ४ जनाको परिवार सजिलै चलाउनुभएको छ भने बृद्ध अवस्थामा पनि अरुको मुख ताक्नु परेको छैन । घरमा अहिले सेरेना जातको ५२ वटा मौरीका घार छन्् । मौरीले राम्रै फाइदा दिदाँ खत्री पनि दंग हुनुुहन्छ ।
उहाँले वर्षमा दुई पटक मह निकाल्ने गर्नुहुन्छ । २०६९ सालबाट ब्याबसायिक माहुरीपालन गर्न थाल्नुभएका कृषक खत्रीको मुख्य आम्दानीको श्रोत नै यहि हो । स्थानिय सरकारको सहयोगमा व्यवसाय शुरु गर्नुभएका खत्रीले व्यावसायलाई अझै बढाउने योजना बनाउनुभएको छ । उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको छ । गुणस्तरीय मह भएकाले अधिकांस मह घरवाटै १२ सय रुपैयामा विक्रि हुन्छ । गुल्मी जिल्लासंगै छिमेकी जिल्ला अर्घाखाँची,बागलुङ,प्युठान,पर्वत लगायतका क्षेत्रवाट पनि ग्राहक घरमै आएर मह लैजाने गरेका छन् । प्रदेश र स्थानिय सरकारको सहयोगमा तालिम लिएपछि खत्रीे मौरीपालनमा लाग्नुभएको हो । उहाँले मह मात्र बेच्नुहुन्न मौरीको घार र गोला समेत विक्रि गर्नुहुन्छ ।
सेरेना जातको माहुरीको मह भीर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने धुर्कोट गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष कमल थापाले बताउनुभयो । वडा भित्र मौरीपालन गर्नेहरुको लागी वडाबाट आबश्यक सामाग्री उपलब्ध गराएको समेत बताउनुभयो ।

मौरी पालनको क्षेत्रमा राम्रो सम्भावना भएपनि आवश्यक ज्ञानको कमीले कृषकले परम्परागत ढंगले मौरी पाल्ने गरेका छन । यसका लागी मौरी पालनको आबश्यक तालिम संचालन गर्नुपर्ने देखिन्छ । भने यी बृद्धाको कामबाट अन्य युवाहरुले पनि पाठ सिक्न जरुरी छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

