Rashtriya Dainik

मालपोत कार्यालय परासीका कर्मचारी कुटिए

पश्चिम नवलपरासीको मालपोत कार्यालय परासीका एक जना कर्मचारी कुटिएका छन् ।

मोठ फाँटमा काम गर्ने टोपलाल पौडेललाई एक जना सेवाग्राहीले आइतबार कुटपिट गरेका हुन् । अशंबन्डाको कामका लागि आएका परासीका एक व्यक्तिले कुटपिट गरेको मालपोत कार्यालय परासीका प्रमुख कुमार आचार्यले जानकारी दिनुभयो ।

सधै भिडभाड रहने मालपोत कार्यालयमा कामको चाप बढी भएकाले केही बेर पर्खन आग्रह गर्दा कुटपिट गर्दै दुव्र्यवहार गरेको आचार्यले बताउनुभयो । जसका कारण आज दिनभर मालपोत कार्यालयको काम हुन सकेन । कर्मचारीहरुले आफूहरु माथि असुरक्षा भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

सोमबार बिहान कार्यालय संञ्चालनको तयारी गर्दे गर्दा पुनः कुटपिट गर्ने व्यक्तिनै कामका लागि आएपछि कर्मचारीहरुले काम बन्द गरेका थिए । तर कुटपिट आइतबार भएपनि प्रहरीलाई भने सोमबार मात्रै सूचना दिईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

लामाले कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै जाहेरी प्राप्त भएको तर दर्ता भने भईनसकेको बताउनुभयो । आफूहरु अनुसन्धानकै क्रममा रहेको बताउँदै लामाले जाहेरी दर्ता प्रक्रियामा रहेको बताउनुभयो । मालपोत कार्यालय प्रमुख आचार्यले सोमबार साँझबाट कार्यालयको सेवा सुचारु भएको जानकारी दिनुभयो ।

‘‘दोषी माथी कारवाही पनि होस्, हामी एक जनाको कारण सेवाग्राहीको काम रोक्दैनौं’’ आचार्यले भन्नुभयो ।

मालपोत कार्यालयमा कर्मचारी अभावका कारण काम सेवाग्राहीको काम समयमै नहुँदा आजित हुँदै आएका छन् । तोकिएको दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या हुँदै आएको छ । दैनिक भिडभाड हुने कार्यालयमा कार्यस्थल सम्मै सेवाग्राही देखि विचौलिया सम्म पुग्ने गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित