Rashtriya Dainik

गजेन्द्र मोक्ष विराट महायज्ञको तयारी तीव्र, गाउँ–टोलसम्म सहयोग समिति गठन

आरपि उपाध्याय / त्रिवेणी ,२६ असाेज

नेपालकै प्रमुख धार्मिक धरोहरको रुपमा मानिने गजेन्द्र मोक्ष धाम त्रिवेणीमा गजेन्द्र मोक्ष नारायण वैभव विराट महायज्ञ सम्पन्न गर्न सहयोग समितिहरु बन्ने कार्यमा तीव्रता आएको छ।

श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमल नयनाचार्यको पावन सतसंकल्पमा सञ्चालित वेद विद्याश्रमलाई विशिष्टितम महाविद्यालयमा अभिवृद्धि गर्दै गजेन्द्र मोक्ष विश्व विद्यालय स्थापना गर्ने उद्देश्यका साथ विराट महायज्ञको तयारी गरिएको आयोजकले बताएको छ।

महायज्ञ आउँदो मङ्सिर १ गतेदेखि प्रारम्भ भइ मङ्सिर २९ गते सम्पन्न गरिने करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो।


महायज्ञ सम्पन्न गर्न विभिन्न पालिका अन्तर्गतका वडा र टोलहरुमा सहयोग समितिहरु गठन गर्ने प्रक्रिया अगाडि बढ्दै गएको स्वामी प्रपन्नाचार्यले बताउनु भएको छ।

विराट महायज्ञ सम्पन्न गर्न प्रतापपुर गाउँपालिको गोपिगन्जमा स्थानीय दिनेश भण्डारीको संयोजकत्वमा १५ सदस्यीय महायज्ञ सहयोग समिति गठन भएको हो। जसको सहसंयोजकमा होम चापागाईं र सीता चापागाईं रहनु भएको छ भने सचिवमा गणेश पोख्रेल चयन हुनुभएको हो।


त्यसैगरी सदस्यहरुमा मोहन भुसाल, टीकाराम बस्याल,खेमकान्त न्यौपाने, यशोदा पाण्डे,प्रेमकला पोख्रेल,लक्ष्मी अधिकारी,वृन्दा भुसाल लगायत चयन हुनु भएको छ।
कार्यक्रममा सनातन प्रपन्नाचार्य,गणेश पोख्रेल, दिनेश भण्डारी लगायतले महायज्ञ सम्पन्न गर्ने बारे आफ्नो धारणा राख्नुभएको थियो।

त्यसैगरी महायज्ञ सम्पन्न गर्न बर्दघाटको जिमिरेभार र बर्दघाटकै शिवालय मन्दिर परिसरमा पनि आयोजित भेलाले सहयोग समिति गठन गरेको महायज्ञ आयोजक समितिले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित