Rashtriya Dainik

रामग्राम–१५ मा १ करोड २९ लाखको डिप बोरिङ आयोजना सुरु

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ असाेज

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१५ स्थित सुक्रौली दक्षिण टोलमा १ करोड २९ लाख रुपैयाँ लागतमा डिप बोरिङ आयोजना निर्माणको शुभारम्भ गरिएको छ।

लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जैसवालको आर्थिक वर्ष २०८३/०८४ को क्षेत्र विकास योजनाअन्तर्गत बहुवर्षीय आयोजनाका रूपमा सञ्चालन हुने डिप बोरिङको जैसवालले शिलान्यास गरेका हुन्।

सुक्रौली दक्षिण टोल उपभोक्ता समितिका अध्यक्ष तथा जल उपभोक्ता समितिका अध्यक्ष श्यामलाल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य जैसवाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा रामग्राम–१५ का वडाध्यक्ष धनपत यादव, पूर्व जिल्ला समन्वय समिति सदस्य राजेश यादव तथा समाजसेवी प्रवेश सिंह कुँवर लगायतको उपस्थिति थियो।

डिप बोरिङ आयोजना सञ्चालनमा आएपछि सुक्रौली दक्षिण टोल तथा आसपासका क्षेत्रमा सिँचाइका लागि आवश्यक पानीको उपलब्धता सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी कृषि क्षेत्रमा पानीको समस्या समाधान भई उत्पादन वृद्धि गर्न सहयोग पुग्ने स्थानीयवासीको विश्वास छ।

आयोजना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराएका समाजसेवी प्रवेश सिंह कुँवरप्रति स्थानीयवासी तथा आयोजकले आभार व्यक्त गरेका छन्। सार्वजनिक हितसँग जोडिएको आयोजनाका लागि जग्गा उपलब्ध गराउनु महत्वपूर्ण सहयोग भएको उनीहरूको भनाइ छ।

बहुवर्षीय योजनाका रूपमा अघि बढाइएको आयोजना समयमै सम्पन्न गरी प्रभावकारी रूपमा सञ्चालन गर्न निर्माणको गुणस्तर, नियमित अनुगमन र व्यवस्थित सञ्चालनमा ध्यान दिनुपर्ने स्थानीयको अपेक्षा छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित