Rashtriya Dainik

वडा स्तरीय कपमा अतरपरीकाे जित

कपिलवस्तु जिल्लाको मायादेवी गाउपालिका वडा नं. ३ को अतरपरी गाउमा संचालित वडा स्तरीय क्रीकेट टुर्नामेंटको आज भएको फाइनल खेलमा खैराटीलाई ३ विकेटले हराउदै अतरपरीले कप तथा पुरस्कार हात पारेको छ।

वडा कार्यालयको सहयोगमा जानकी युवा क्लव द्वारा आयोजित सप्ताहव्यापी को टुर्नामेंटमा गाउँ स्तरीय नौ टीमले भाग लिएका थिए। विजयी टीम तथा खेलाडीहरुलाई वडा अध्यक्ष सुकदेव प्रसाद तिवारी पुरस्कार तथा कप प्रदान गरेका छ्न।

टुर्नामेंटका अम्पायर हरिश्चन्द्र यादव, राजेश कलवार, मनोज वरई, दर्शन यादव तथा कमेन्टेटर परमानन्द दुबेलाई प्रमाणपत्र सहित सम्मानित गरिएको छ। समाजसेवी नारायण यादव , जीतबहादुर यादव , वडा सदस्य अलिहसन मुसलमान , नवलकिशोर पाण्डेयको आतिथ्यतामा तथा वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीको अध्यक्षता तथा आयोजक विशाल सिंहको संचालनमा समापन कार्यक्रम सम्पन्न भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित