तुलसी राम पौडेल/सियारी,चैत्र ९
रुपन्देहीको सियारी गाउपालिकाको आयोजनामा लागत सहभागितामा व्यावसायिक पशुपालन कार्यक्रममा सहभागी सियारी वडा नम्बर ४ र ५ का पशुपालक कृषकलाई अनुदान रकम वितरण गरिएको छ। नेपाल सरकार संघिय सरकार ,स्थानीय निकाय सियारी गाउपालिका र कृषकको सहभागितामा एवं त्रीपक्षिय साझेदारीमा गाउपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरि वाड नम्बर ४ र ५ का कुल ५० जना व्यावसायिक पशुपालक किसानहरुलाई चेक मार्फत अनुदान रकम वितरण गरेको हो ।सो अवसरमा सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले किसानको आय आर्जनमा सुधार नल्याएसम्म रास्ट्को विकास अगाडि नबढ्ने बताउनु भयो ।गाउपालिका उपाध्यक्ष अमृता गुरुङले ,स्वाभिमानी ,स्वरोजगारी बनाउने उद्देश्यले सियारी गाउपालिकाले किसानलाई प्रोत्साहन स्वरुप व्यावसायिक पशुपालन किसानलाई अनुदानको ब्यवस्था गरिएको बताउनु भयो ।
नेपाल सरकार संघिय सरकारको शसर्त अनुदान २४ लाख ५३ हजार रुपैया ,सियारी गाउपालिका २४ लाख ५३ हजार र कृषक सहभागिता ४९ लाख ६ हजार गरि कुल ९८ लाख १२ हजार रुपैया अनुदान वितरण गरिएको गाउपालिका पशुशाखा प्रमुख गणेश खनालले बताउनु भयो ।अनुदान रकम वितरण कार्यक्रम अन्तरगत सियारी गाउपालिका वडा नम्बर -४ र ५ का व्यावसायिक पशुपालक कृषकलाई १० जना सदस्य रहने ५ समुह बनाइएको थियो ।

दुई समूह अर्थात २० जना भैंसी पालन व्यावसायी थिए भने तीन समूह अर्थात ३० जना गाई पालन व्यावसायि रहेका थिए ।प्रत्येक सदस्यले दुई वटा गाई अथवा भैंसी खरिद रकममा एउटा गाई अथवा भैसिको रकम अनुदानमा उपलब्ध गराइएको थियोे ।त्यसको साथ साथै गाउपालिकाले १४ वटा इलेक्टिकल चारा मेसिन ,६० वटा काउमेन्टमा पनि अनुदान रकम वितरण गरेको छ।

सियारी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईको अध्यक्षता, सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सियारी गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ ,वडा नम्बर ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेल , सिद्दपुर गाइपालक समुहकी अध्यक्ष पार्वती बुढाथोकी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
चिरञ्जीवी गौतमको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन गाउपालिका पशुशाखा प्रमुख गणेश खनालले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

