Rashtriya Dainik

नवलपरासीकाे खानेपानी तथा सरसफाईको क्षेत्र ओझेलमा

इन्दिरा बि.क/ नवलपरासी ,९ चैत

पश्चिम नवलपरासीको विकास निर्माणको चरण अन्तर्गत खानेपानी तथा सरसफाईको क्षेत्र ओझेलमा परेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

खानेपानी तथा सरसफाई उपभोक्ता सघं नवलपरासीको आयोजना र वास पत्रकार समुह नवलपरासीको सह आयोजनामा पानी जीवन हो,पानीलाई महत्व दिऊँ भन्ने नाराका साथ सोमवार परासीमा सम्पन्न भएको २९ औं विश्व पानी दिवशको अवसरमा वोल्ने वक्ताहरुले उचित व्यवस्थापनका साथ उपभोक्ताहरुले शुद्ध पिउने पानीको उपभोग गर्न नपाएका कारण खानेपानी तथा सरसफाईको क्षेत्र ओझेलमा परेको बताएका हुन।

वक्ताहरुले खानेपानी तथा सरसफाईको क्षेत्र पछाडी पर्यो भने अरु भौतिक पूर्वाधारहरु जति सम्पन्न भएपनि अधुरो रहने समेत बताएका थिए। सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि शिव शंकर रायले समयमै पानीलाई महत्व नदिएको खण्डमा भावी पुस्ता संकटमा पर्ने बताउँदै खानेपानी तथा सरसफाईको क्षेत्रमा जिल्लाका सवै सरोकारवाला निकायहरुले पानीको अभियानलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने बताउनु भयो।

खानेपानी तथा सरसफाई उपभोक्ता सघं नवलपरासीका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति नवलपरासी नवलपरासी प्रमुख शिव शंकर रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक,खानेपानी तथा सरसफाई उपभोक्ता सघंका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक थानप्रसाद गैरे,भुमि सम्बन्धी समस्या समाधान आयोग नवलपरासीका अध्यक्ष विमला अर्याल लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा जिल्ला स.स.उप प्रमुख अठदुर रहमान,पाल्हीनन्दन गाउँपालिका कार्यवाहक अध्यक्ष गोधन प्रसाद हरिजन,उद्योग वाणिज्य संघ नवलपरासी सचिव तारा आचार्य,स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख कृष्ण प्रसाद पोख्रेल,पत्रकार लगायत जिल्लाका सवै सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित