नेपाल सरकारले बालबालिका सम्वन्धी दशवर्षे रणनीतिक योजना तथा बालबालिका सम्वन्धी नीति निर्माणको तयारी गरिरहेको छ । रणनीतिक योजना तथा नीतिमा समावेश गर्न देशभरीबाट सुझावहरु संकलन भईरहेको छ । कन्सोर्टियम नेपालको संयोजन र नेतृत्वमा देशभरीका बालबालिकाहरुका सुझावहरु सातै प्रदेशमा प्रदेश स्तरिय कार्यशाला र राष्टिय कार्यशालामार्फत बालबालिकाहरु स्वयंले संकलन गरिएको छ । जसको सवाल उसैको सहभागिता र आवाज भन्ने मुल नाराका साथ बालबालिकाहरुले आफ्नै सहभागिता र नेतृत्वमा दशवर्षे रणनीतिक योजना र नीतिमा समावेश गर्न सुझावहरु संकलन गरी लिखित रुपमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी कार्यान्वयनका लागि लिखित रुपमा पेश कपिलवस्तु मा शेशमती मल्लह र अछाम मा सागर तम्मता गरेका छ ।
त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय का मंत्री जुली कुमारी महतो ज्यू लाई प्रदेश नं २ पर्साका अर्जुन शाह र बागमती प्रदेश क नताशा केसी निवास हस्तान्तरण गर्नु भएको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

