रंजीत शर्मा/नवलपरासी/ ०९ चैत।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने बाल श्रम को अनुगमन तीव्र गतिमा भएको छ । यही चैत्र मसान्त सम्म बालमैत्री स्थानीय शासन घोषणाको लक्ष्य राखेको रामग्राम नगरपालिकाले बालमैत्री नगर घोषणाका लागि
बालश्रम अनुगमको पनि तिब्रता दिए सँगै एक जना निकिष्ट प्रकारको बाल श्रमिकको उद्धार समेत गरेको छ ।
बालबालिकालाई श्रममा संग्लन नगराउने कार्यको सन्देश सहित नगर स्तरीय बाल श्रमको अनुगमन रामग्राम नगरपालिकाको अगुवाई र मैत्रीसमाज नेपालको समन्वयमा परासी बजार लगायत नगरको विभिन्न वार्डमा अनुगमन गरिएको छ ।
परासी बजारमा होटल वर्कशप,मिष्ठान भण्डार ,ग्रिल उद्योगहरुमा अनुगमन गरिएको नगरपालिकाकी उपप्रमुख रम्भा कुवँरले जानकारी दिईन । उनका अनुसार “रामग्राम नगरपालिकाको वडानं १८ मा रहेको एक ईटाभट्टमा पनि बालबाललिका श्रामको रुपमा रहेको नरहेको भनी अनुगमन गरिएको तर त्यस ईटाभाट्टमा कुनै पनि बालबालिका बाल श्रम नरहेको भेटिएको बताईन ।

अनुगमनको क्रममा परासी बजारमा रहेको लक्ष्मी मिष्ठान भण्डार र वर्कशपमा श्रमीक बालबालिका रहेको पाईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताए । वर्कशपमा काम गर्ने एक बालक भारतीय रहेको र मिष्ठान भण्डारमा काम गरेको बालक रामग्राम वडानं १८ बस्ने १२ बर्षका बालक रहेको पन्थीले जानकारी दिए ।

उनको अनुसार वर्कशपमा काम गर्ने एक भारतीय बालकलाई अभिभावकको जिम्मा लागउन सम्बन्धीत बर्कशप संचालकलाई निर्देशन दिदै अब उपरान्त १८ बर्ष मुनिका बालबालिकलाई बाल श्रममा नलगाउन समेत अग्रह गरिएको पन्थीले बताए ।
मिष्डान भण्डरमा भेटिएको एक बालकलाई खाद्यान्न समानहरु (राहत सामग्री) दिएर छिमेकीको जिम्मा लागईएको मैत्री समाजका अध्यक्ष राकेश गुप्ताले बताए ।
रामग्राम नगरपालिकाको वडा न ३,५,६,१४ र १८ मा अनुगमन गरिएको थियो । अनुगमनमा नगर उप-प्रमुख ,प्रमुख प्रशासकिय अधिृकत,वडाअध्यक्षहरु,कार्यपालिका सदस्य,महिला बालबालिकाका शाखा प्रमुख,सामाजिक बिकास शाखा प्रमुख ,सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
बालमैत्री स्थानीय शासन संचालनका सेवा प्रभाव सम्बन्धिका २७ र संस्थागत तर्फ १२ गरि जम्मा ३९ सुचक पार गर्नुपर्छ । यो अभियान सफल पार्न ९ जना बाल सहजकर्ता तथा ३० जना बालमैत्री स्वयंसेवक परिचालन गरिएको छ । बालमैत्रीका ३९ सुचक पार गरिसकेको तथा घोषणाको अन्तिम चरणमा रहेको बालमैत्री स्थानीय शासन घोषणाका लागि नगरपालिकासँग साझेदार संस्था मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ताले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

