चैत्र ८ काठमाडौँ ____ छिमेकी मुलुक भारत लगायतका देशहरुमा कोभिड–१९ संक्रमण तीव्र रुपमा बढेपछि नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार विज्ञप्ति जारी गर्दै सावधानी अपनाउन आग्रह गरेका हुन् । नेपालमा कोरोना संक्रमण बढ्ने अवस्थालाई मध्यनजर गर्दै भीडभाड हुने कुनैपनि कार्यक्रम तथा व्यवसाय नगर्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

‘ कोरोना संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, सम्मेलन, जुलुस, ¥याली, गोष्टी, सेमिनार, भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्नुहुन अनुरोध गर्दछौँ ’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमार्फत विगतमा जारी गरिएको स्वास्थ्य मापदण्डलाई कायम गर्दै मास्कको उचित प्रयोग र भौतिक दुरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

