कपिलवस्तु, कृष्णनगर, चैत्र ८
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालनमा रहेको नागरिक आरोग्य सेवा केन्द्रले विहानको समयमा योग संचालन गरिरहेको छ ।
विहान ६ बजे देखि ७:३० सम्म संचालन भैरहेको योगमा सहभागी हुन समेत नागरिक आरोग्य सेवा केन्द्र द्वारा अनुरोध गरिएको छ ।
संघिय, प्रदेश सरकार र स्थानीय तहको समेत सहकार्य र सहयोग रहेको उक्त नागरिक आरोग्य सेवा केन्द्र संचालनमा आउदा स्थानीय खुशी देखिन्छन् ।

जीवनशैली परिवर्तनका कारण विभिन्न प्रकारका रोगहरू बाट पिडित भएको अवस्थामा हामी स्वास्थ्य रहनका लागी योगाभ्यास संचालन गरेको बताउदै योगाभ्यास वडास्तरमा समेत विस्तारै विस्तार गर्ने, नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरमा दैनिक OPD सेवा संचालनमा रहेको र पंच कर्म सेवा समेत छिट्टै संचालनमा आउने नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर प्रसाद मिश्रले बताए । साथै योग प्रशिक्षक कृष्णनगरका समाजसेवी राहुल सिंह रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

