८ चैत, बाँके । ए.जी. सर्भिस प्रा.लि.को आयोजनामा नेपालगन्जमा हुन गइरहेको तेस्रो नेपालगन्ज महोत्सव २०७७ को तयारी तिब्र पारिएको छ ।
“समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित यहीँ चैत १२ गतेदेखि चैत २२ गतेसम्म सन्चालन हुने महोत्सवको सम्पुर्ण तयारी तिब्र पारिएको छ ।
ए.जी. सर्भिस प्रालिका अध्यक्ष नन्द बहादुर बुद अनुसार मेलाको सम्पुर्ण तयारी तिव्र पारिएको छ । महोत्सवका लागि सम्पुर्ण फिल्डका कार्यहरुलाई तीव्रता दिईएको बताएका छन। स्टल निर्माण, वाल उद्यान निर्माण र सजावटको कामलाई तिव्र पारिएको छ ।
अध्यक्ष नन्द बहादुर बुढाले भने, ” हामीले बिषेशत कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई रोजगारको वातावरण सिर्जना गर्ने लक्ष्य लिएका छौं । यसै लक्ष्यलाई आत्मासाथ गर्दै बहु आयामिक र पर्यटन व्यवसायलाई प्रोत्साहन तथा सामाजिक उत्तरदायित्व बहन हुने गरी ए जी सर्भिस प्रा लि नेपालगञ्ज बाँकको आयोजनामा गर्न लागिएको यस ब्यापार पर्यटन कृषि सांस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सवलाई झण्डै २ लाख ५० हजार भन्दा बढि अवलोकन गर्ने अनुमान गरेका छौं । हामीले महोत्सव चैत्र ५ देखि १२ गते सम्म समय निर्धारण गरेका थियौं । तर काम गर्दै गर्दा समय अपुग भएको महसुस भएको हुँदा पुनः समय सारेर यहि मिति चैत्र १२ गते देखि चैत्र २२ गते सम्मको लागी महोत्सव निर्धाण गरिएको छ ।”
उनका अनुसार महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त चर्चित कलाकार रेखा थापा, आर्यन सिग्देल, प्रमोद खरेल, चन्द्र शर्मा, बद्रि पंगेनी, ज्योती मगर, पुस्कल शर्मा, दुर्गेश थापा, मिस्टर आरजे, सर्जना खत्री, प्रिती आल, प्रकाश सपुत, पशुपति शर्मा, रमेश राज भट्टराई, राम जी खान, बाल कलाकार सचिन परियार, सिरजु अधिकारी, प्रिती आले, भुमिका गिरी, आरोसी मगर, रुविना अधिकारी, श्री निवाश थारु, दुर्गा नेपाल, रवि रिमाल, बैकुण्ठ महन्त, डिजे विटि, टिका सानु, योगेश काजी, सम्राट चौलागाई लगायतका कलाकाहरुकोे प्रस्तुती रह्नेछ ।
कलाकार सहितको मेलाको प्रचा पम्पलेट टाँस्ने, मिडिया मार्फत प्रचारप्रसार गर्ने र अटोहरुमा जिङ्गल बजाएर विभिन्न स्थानमा प्रचार प्रसार सुरु समेत गरिएको सचिवालय व्यवस्थापनले जनाएको छ ।
महोत्सवलाई २ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र २ सय बढी स्टल रहने पनि आयोजकले जनाएको छ । “समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन संस्कृति तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित यहीँ चैत १२ गतेदेखि चैत २२ गतेसम्म सन्चालन हुने महोत्सव स्थल यति बेला तयार भई रहेको छ । नेपालगन्ज स्थित वाटरपार्कमा सन्चालन हुने महोत्सवको सचिवालय पनि स्थापना गरिएको छ ।

नृत्यमा युवालाई प्रोत्साहन गर्नका लागी महोत्सवमा खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ समेत आयोजना गरिनेछ । नृत्यमा प्रथम हुने प्रतिस्पर्धीलाई रु ५०,००० र फिल्ममा अभिनय गर्ने अवसर दिईनेछ । दोश्रोलाई रु ३०,००० र म्युजिक भिडियो खेल्ने अवसर दिईनेछ । त्यसतै तेस्रोलाई २०,००० पुरस्कार र म्युजिक भिडियो खेल्ने अवसर दिईनेछ भने चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पनि सान्तोना पुरस्कार दिईनेछ ।

ब्यापार पर्यटन कृषि तथा वृहत साँस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सवलाई उत्कृष्ट बनाई यस क्षेत्रको बिकास तथा पहिचानका लागी पहुच विस्तार गर्न र महोत्सवलाई सफल बनाउन कम्पनीले संघिय सरकार, प्रदेश सरकार, तथा स्थानिय सरकार, सरकारी तथा गैरसरकारी संस्थारफर्म लगायत संग समवन्य भई सकेको छ र हाल करिब ९५ प्रतिशत काम सम्पन्न भई सकेको उनले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

