Rashtriya Dainik

महिला हिंसामा जनप्रतिनिधि नै संलग्न

७ चैत, बाँके । नेपालका विभिन्न पिछडिएका वा अविकसित स्थलहरूमा घरेलु हिंसाहरु देखिन्छन। नेपालमा घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ । समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणमा हिंसा, सामाजिक व्यवस्था र संरचनाको उपजको रूपमा लिइन्छ । यो पारिवारिक, स्थानीय, राष्ट्रिय सबै तहमा देख्न सकिन्छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाले समाजमा हिंसा बढेको छ । महिला भएको कारणबाट महिलामाथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुरव्यवहारहरूलाई महिला हिंसा भनिन्छ ।

यस्तैमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष कृष्ण कार्कीले आफ्नो श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिदै आएको खुलेको छ । कार्कीले आफ्नो कान्छी श्रीमती दिल माया पुनलाई यातना दिएका हुन । आफु वर्षाै देखि घरेलु हिंसाको सिकारमा रहेको पुनले नाईल खबरलाई बताएकी छन ।

पिडित दिल माया पुन रुदै भनिन,” सुरुमा हामी दुबै जना एन. जि. ओ. मा काम गर्ने क्रममा भेट भएको थियो । २०६० सालमा कृष्ण कार्कीले झुक्याएर म संग बिवाह गरेका थिए । म कान्छी श्रीमती रहेको थाहा पाए पछि श्रीमान संग छुट्टिन खोज्दा अनेक डर त्रास देखाएर मलाई चुप लगाएका थिए । त्यस पछि दिनहुँ म हिंसाको सिकारमा पर्दै गए । अहिले दुईवटा जुड्वा छोरी छन ।”

वडाका पिता नै हिंसामा संग्लन : कार्की नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०का वडाध्यक्ष पनि हुन । पिडित पुनले आफ्नो दु:ख पोख्दै प्रश्न गरिन, के एक वडाध्यक्षले गर्ने व्यवहार र कार्य यहि हो ? आफ्नो पावरको त्रास देखाउने, पदको दुरुपयोग गर्ने !

हाल नेपाल भर घरेलु हिंसा, बाल बिवाह, लगायतका महिला सम्बन्धित हिंसात्मक गतिबिधी न्यूनीकरण गर्न अनेक एन. जि. ओ., कार्यक्रम, समाजिक अभियानताहरु लागि परेका छन ।

थप जानकारीका लागि नाईल खबरबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्कीलाई मो. नम्बर 9858023183 मा सम्पर्क गर्न खोज्दा उनले कुरा गर्न चाहेनन् । श्रीमतीको विषयमा कुरा गर्न खोज्दा उनले फोन काटिदिए र फेरि पनि धेरै पटक सम्पर्कमा ल्याउन खोज्दा उनले फोन उठाएन्न ।

पुन माथी भएका केही हिंसाहरु :

शारीरिक हिंसा
महिलालाई कुटपिट गर्ने, बलपूर्वक गर्भपतन गर्न लगाउने, अंगभंग गर्ने, थुन्ने, जलाउने, कार्य बोझ थोपर्ने आदि शारीरिक हिंसाभित्र पर्छन् । तस्तैमा पुनले आफुलाई शारीरिक रुपमा पीडा भोग्दै आएको बताएकी छन । उनले भनिन, “श्रीमान कार्कीले दिनहुँ म संग झगडा गर्ने, मलाई शारीरिक पीडा दिने, लुगा च्यातदिने लछापछार गरेर कुटपिट गर्ने लगायतका हिंसात्मक गतिविधि गर्दै आएका छन ।”

मानसिक हिंसा
“श्रीमान कार्कीले मलाई धम्की दिने, नराम्रा फोटो टास्दिने, मलाई हेप्ने, गाली–गलौज गर्ने, भेदभाव गर्ने, भावनात्मक चोट पुर्‍याउने, बेइज्जती लगायतका मानसिक तनाव दिदै आएका छन ।”

आर्थिक हिंसा
आफ्नो कान्छी श्रीमती पुनलाई आर्थिक स्रोत र साधनबाट वञ्चित, श्रीमतीको स्वीकृति र सहमति बेगर सम्पत्तिको प्रयोग गर्दै आएका र अन्य सेवा सुबिधाबाट वञ्चित गरेका छन । पुनले भनिन, “श्रीमानले म र दुई वटा छोरीहरुको लागि डुडुवा गाउँपालिका वडा नम्बर ५ मा कुखुरा फारम जस्तो घर बनाई दिएका छन । माईती तर्फ कोहि हुनु हुन्न । छोरीहरुको भबिस्य र बुबाको छायाको लागि मात्र म त्यस्तो घरमा गुजारा गर्न बाध्य भएकी छु । खुला आकाशमा नुहाउन समेत बाध्य भएकी छु । उता श्रीमानले घर हाल्दै, कोठामा कोठा थप्दै, मार्बल-टायलस हालेको घर छ, सुन भिरेर हिड्ने, गाडीमा हिड्ने गरेका छन ।” कार्कीले कहिले कसो मात्र डुडुवामा भएको छाप्रो जस्तो घरमा आउने, एक बोरा चामल र केही खानेकुरा किनदिने गरेका पुनले बताईन ।

पावरको दुरुपयोग र घमण्ड
कार्कीले आफ्नो विभिन्न राजनितीक पावर र पदको बलमा श्रीमतीलाई पिडा दिने त्रास देखाउने, कुटपिट गर्ने गरेका छन। पावरमा रहेका कार्कीको डरले पिडित पुनलाई कोहि कसैको कुनै सहयोग नमिलेको गुनासो पोखेकी छन । हिंसाको सिमाको सबै हद पार भइ सके पछि अन्त्यमा महिला सेलमा उपचारका लागि सहयोग माग्न आएको र मिडिया मार्फत आफ्नो दु:ख पोख्दै अन्यायमा परेकी पुनले न्यायको माग गरेकी छन ।

पिडितको माग
पुनले नाईल खबर मार्फत भनिन,” म मानसिक, शारीरिक पीडा, आर्थिक हिंसा, यातना, लगायतका हिंसाबाट पिडित छु । बच्चाहरु पढने उमेरका भई सकेका छन । कार्की श्रीमानको हैसियतले छोरीहरुलाई खाना खर्च, पढने लेख्ने खर्च,को व्यवस्था गरिदिने त्यस पछि म श्रीमान संग छुट्टिन चाहन्छु ।”

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित