राजन कुमार बानिया/पर्सा ७ चैत
प्रेस चौतारी नेपाल पर्साको आज जिल्ला भेला भएको छ । वीरगंज स्थित रोयल पार्टी पैलेसमा भएको भेलाले नेपाल पत्रकार महासंघ पर्साको आसन्न निर्वाचनमा चौतारीबाट अध्यक्ष पदमा अनुप तिवारीको नाम घोषणा गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष केसी लामिछानेले चौतारीबाट शाखा अध्यक्ष पदमा तिवारीको नाम घोषणा गरेका थिए ।
प्रेस चौतारी र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा तथा प्रेस काउन्सिल नेपालका सदस्य एवम चौतारीका प्रदेश इन्चार्ज लालबाबु शेषको प्रमुख आतिथ्यमा भएको भेलामा पत्रकारहरु महेश दास, गया यादव, लक्ष्मी खरेल, महेश गौत्तम, सुर्दशनराज पाण्डे, विजय कुशवाहा अच्युत पौडेल लगायतले मनतव्य व्यक्त गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

