महेश यादव , नवलपरासी ,६ चैत
एबिसि नेपाल काे अायाेजना र स्ट्राेम फाउन्डेसनकाे सहयोगमा सरावल गाउँपालिका भित्र गठित ३ वटा सञ्जाललाई कार्ययोजना बनाउने सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सरावल गाउँपालिका भित्र रहेका जनबिकास किशोर किशोरी सञ्जाल , संवाद किशोर किशोरी सञ्जाल र प्रतिभा किशोर किशोरी सञ्जालका किशोर किशोरहरुलाई कार्ययोजना बनाउने सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रममा प्रशिक्षण गर्दै एबिसि नेपालका सहजकर्ता राजमन बरईले सञ्जालले गर्ने २ वर्षको कार्यक्रमकाे कार्ययाेजना , परिकल्पना ,विभिन्न समस्या र त्यसलाई समाधान गर्नका लागि गरिने क्रियाकलापहरुकाे बिषयमा बिस्तृत रुपले प्रशिक्षण गर्दै किशोर किशोरीहरुलाई दक्षता हासिल गरिने कार्यकाे बिषयमा प्रष्ट पर्नुभएकाे थियो ।
साे कार्यक्रममा बाेल्दै एबिसि नेपालका सहजकर्ता राजेश अार्याले सञ्जालले गर्ने सम्पूर्ण कार्यक्रमहरुमा जनप्रतिनिधि र सराेकारवालाहरुकाे ठुलाे भुमिका रहने हुदा सञ्जालले उहाँहरु सग समन्वय र सहकार्य गरेर कार्य गर्दा बढि प्रभावकारी हुने समेत बताए ।

कार्यक्रममा बाेल्दै एबिसि नेपालका सहजकर्ता साईदा निशा पठानले किशोर किशोरीहरुकाे कार्य दक्षता , बाेलि बिचार , ब्यवहार र अनुशासनले समुदायमा हुने सम्पूर्ण कार्यक्रममा बढि प्रभाव पर्ने भएकोले सञ्जालका किशोर किशोरीहरुलाई यी सबै कुराकाे ख्याल राख्ने र अनुशासनमा रहि कार्य गर्न बताउदै सञ्जालले गर्ने क्रियाकलापमा अाफु सधै साथ सहयोग दिन समेत बताउनु भयाे ।
साे अवसरमा सरावल गाउँपालिका भित्र रहेको ३ वटै सवादका ७७ जना किशोर किशोरीहरुकाे सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

