Rashtriya Dainik

बन्दिपुर गाउपालिकाले आधारभुत तहमा आफ्नै स्थानीय पाठ्यक्रम लागू गर्ने

तुलसी राम पौडेल —-तनहु ( मेसस) ,चैत्र ७

गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित बन्दिपुर गाउपालिकाको शिक्षा क्षेत्र अन्तरगत आधारभुत तहमा स्थानीय पाठ्यक्रम लागू हुने भएको छ। । गाउपालिकाले आगामी शैक्षिक सत्र २०७८ देखि १०० पुर्णाङ्गको ” हाम्रो बन्दिपुर ” पाठ्यक्रम आधारभुत तहमा लागू गरिने गाउपालिका शिक्षा प्रमुख बिष्णु खत्री क्षेत्रीले बताउनु भयो ।गाउपालिकाको प्रत्येक विद्यालयको आधारभुत तहमा आफ्नै नामको स्थानीय पाठ्यक्रम लागू गर्ने कार्य सफल पार्नको लागि गाउपालिका अध्यक्ष पूर्णसिंह थापा तथा उपाध्यक्ष करुणा गुरुङको उपस्थिति एवं गाउपालिका प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा गाउपालिका अन्तरगत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुमध्यबाट स्थानीय पाठ्यक्रम मस्यौदा निर्माण समिती गठन गरिएको छ ।जस अनुसार पाठ्यक्रम निर्माण मस्यौदा समितिको संयोजक गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी , सदस्य सचीवमा गाउपालिका शिक्षा शाखा प्रमुख बिष्णु खत्री क्षेत्री , सदस्यहरुमा रघुनाथ पन्डित ,हरिस्चन्द्र अधिकारी ,डिल्लीराम तिवारी ,सिद्द वहादुर थापा ,रुद्र बहादुर थापा ,भोला भट्टराई , सृजना अधिकारी र बन्दिपुर क्याम्पस प्रमुख विक्रम तिया हुनुहुन्छ ।
स्थानीय पाठ्यक्रममा गाउपालिका अन्तरगतको आर्थिक ,सामाजिक जातीय ,सास्कृतिक ,धार्मिक ,एतिहासिक कृषि लगायतको क्षेत्रलाई समेटिने प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदिले जानकारी दिनुभयो । स्थानीय पाठ्यक्रम लागू गर्ने कार्यको लागि गाउपालिका अध्यक्ष पुर्ण सिंह थापाको संयोजकत्वमा स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन हुने शिक्षा शाखा प्रमुख बिष्णु खत्री क्षेत्रीले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित