काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवस आज मनाइँदैछ । स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेन लगायतका संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् ।
राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिएको स्वर्गीय कोइराला पटक-पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।
२०६२/६३ को जनआन्दोलन मार्फत संसद पुनःस्थापना गराउन, बृहत शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधानसभाको निर्वाचनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाले अगुवाइ गरेका थिए ।
२०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणापछि कोइरालाले अन्तरिम राष्ट्रप्रमुखको भूमिका समेत निर्वाह गरेका थिए ।
२०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा चुनिएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहेका थिए ।
संसदीय राजनीतिका माहिर खेलाडी मानिने कोइरालालाई शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाका सुत्रधार मानिन्छ । उनको निधन २०६६ साल चैत ७ गते मण्डिखटारमा भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

