Rashtriya Dainik

सामुदायिक वनलाई डडेलोबाट जोगाउन उपभोक्ता सक्रिय

पुरन अधिकारी , सुनवल

गर्मियामको सुरुवात सङ्गै वनमा डडेलोको प्रकोपबाट सामुदायिक वनमा हुने क्षतिलाई न्युनिकरण गर्न खरकट्टिताल सामुदायिक वनले उपभोक्ताहरुको सक्रियतामा वन छेउ छाउका सुकेका झारपात र फोहरहरु हटाई वनलाई डडेलोबाट जोगाउने कार्य गरेका छन।
पुर्व- पश्चिम राजमार्ग सङ्गै सुनवल नगरभित्रका भित्री बाटोहरु यस सामुदायिक वन छेउछाउमा पर्ने हुदा चरिचरण ,घासपात र दाउराका लागि उपभोक्ताहरुलाई वन प्रवेशमा रोक लगाएतापनि बाटोमा हिड्ने बटुवाले गर्ने धुम्रपानका कारण वनमा डडेलोको जोखिम अत्याधिक रहेको थियो तसर्थ वन छेउछाउका सुकेका झारपात र फोहरहरुलाई सरसफाईको माध्यमबाट एकतत्र बनाई नस्ट गरिएको सोही सामुदायिक वनका उपभोक्ता हिरा गिरीले जानकारी दिनुभयो।

सुनवल नगरभित्रका वाड न.४ र १० का बासिन्दाहरुलाई घाँस र दाउराको लागि प्रत्यक्ष फाइदा पुर्‍याउने हेतुले गठन गरिएको यस वन भित्र साल, साझ,जमुना,मौवा,कुसुम जस्ता बोट बिरुवा र पशुपालनका लागि जमिनमा घाँस र डालेघाँस समेत रहेको छ भने अार्थिक उन्नतिका लागि बाँस र बेत समेत लगाईएको छ र वनको रेखदेखका लागि दुई जना हेरालु कर्मचारी समेत राखिएको छ।

करिब १५३ घरधुरी अाबद्ध यस सामुदायिक वनको नामाङ्करण यसै सामुदायिक वन भित्र रहेको सिमसार “खरकट्टि ताल” बाट राखिएको छ । ५वटा सानो ठूलो गरि ताल रहेको सो सिमसार करिब १४ विघामा फैलिएको छ भने हाल तालहरु माछापालनका लागि ठेक्कामा दिइएको छ जसले गर्दा सामुदायिक वनको अार्थिक पक्षलाई समेत ठूलो टेवा पुगेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित