तुलसी राम पौडेल —-सुनवल (मेसस) चैत्र ६
पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर -४ स्थित महाकवी नमुना माध्यमिक विद्यालयका हाल कक्षा १२ मा अध्यनरत विद्यार्थीको आयोजनामा कक्षा ११ लाई स्वागत तथा २०७७ कक्षा १२ को परिक्षामा परिक्षा दिएका विद्यार्थीहरुको लागि विदाइ कार्यक्रम सम्पन्न भएको छ।सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापाले कार्यक्रमको उदघाटन गर्नुभयो ।सो अवसरमा उहाले शिक्षाको महत्त्व एवं विद्यार्थी जिवनमा अनुशासन वारे प्रकाश पार्नु भएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले समग्र विद्यालयको अवस्था प्रगति वारे बताउनु भएको थियो ।

कक्षा १२ कि छात्रा तुल्सा न्यौपानेको अध्यक्षता, सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाको प्रमुख आतिथ्यतां, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वाड नम्बर ४ का अध्यक्ष वीर बहादुर गुरुङ ,विद्यालय व्यवस्थापन समिति सदस्य बिष्णु प्रसाद पौडेल ,विद्यालयका प्रधानाध्यापक खेमलाल शर्मा ,शिक्षा अधिकृत पशुपति भट्टराई ,कक्षा ११ कानुन संकायकी छात्रा स्मृति विक ,कक्षा १२ का छात्रा प्रकाश रायमाझी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

बिधालयका शिक्षक कृष्ण प्रसाद पौडेलको कार्यक्रम संयोजन ,,कक्षा १२ व्यवस्थापन संकायकि छात्रा दिपा मिश्राको स्वागत मन्तब्य रहेकोे कार्यक्रमको संचालन बिद्यार्थी द्वय सर्मिला गोर्खाली र सभ्यता चौधरीले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

