Rashtriya Dainik

प्रतिनिधि सभाको बैठक १० गतेसम्मका लागि स्थगित

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक आउँदो १० गतेसम्मका लागि स्थगित भएको छ । बैठक १० गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।

शुक्रवारकाे बैठकमा लोक सेवा आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस भएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले लोक सेवा आयोगको ६१ औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो । त्यस्तै शुक्रवारकाे बैठकमा विभिन्न दलका नेताले सम्बोधन गरेका छन् । फागुन २३ यता प्रतिनिधि सभाका तीन वटा बैठक बसे पनि कुनै पनि सांसदले सम्बोधन गर्न पाएका थिएनन् । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित