तुलसीराम पौडेल /रुपन्देही ,२४ असोज
“सबैको घरमा स्वच्छ पानीको धारा, निरोगी जीवनको सहारा” भन्ने नारालाई आत्मसात गर्दै रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर-७ स्थित पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी शिक्षा तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि उक्त कार्यक्रम सम्पन्न गरेको हो।

सो कार्यक्रम अन्तर्गत २०८३ साल वैशाख महिनाभित्र खानेपानीको धारा जडान गर्नुभएका उपभोक्ताहरूलाई सरसफाइ सामग्री वितरण गरिएको छ। वैशाख १गतेदेखि बैशाख मसान्तसम्म धारा जडान गरेका ११३ जना उपभोक्तालाई सरसफाइ सामग्री वितरण गरिएको संस्थाले जनाएको छ।
सरसफाइ सामग्री अन्तर्गत प्लास्टिकरहित झोला, कपडा धुने सर्फ, फिनेल र नुहाउने साबुन वितरण गरिएको थियो।
संस्थाका अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षता तथा सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा अध्यक्ष अर्यालले खानेपानीको विशेष महत्व र सरसफाइका बारेमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा खानेपानी सरसफाइ शिक्षा उपसमितिका संयोजक टोलराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका सचिव केशव अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

त्यस्तै संस्थाका सह-सचिव बुद्धिराम हरिजनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

