Rashtriya Dainik

सरावलमा यही सोमबारदेखि ३५औँ खुल्ला वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३, सरावलमा ३५औँ खुल्ला वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
श्री हिमालय युवा क्लब, सरावल–३ को आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन २०८३ असोज २६ गते सोमबार दिउँसो २ बजे सरावल खेलकुद मैदानमा हुने क्लबका सचिव सुनिल बि.क. ले जानकारी दिए।

स्थानीयस्तरमा फुटबल खेलको विकाससँगै युवाहरूमा रहेको खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सचिव बि.क.ले बताए।

उनका अनुसार प्रतियोगिताले युवाहरूलाई खेलकुदमा जोड्दै स्वस्थ प्रतिस्पर्धा, अनुशासन, आपसी सद्भाव र भाइचाराको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा विभिन्न वडा तथा क्षेत्रका खेलाडी र टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको क्लबले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित