राजन कुमार बानिया /पर्सा ६ चैत ।
पर्साको छिपहरमाई गाउँपालिकाको जयमंगलापुर र तुल्सिवर्वा जोडने अोरिखोलामा अाज पुल को शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
निर्माण हुन लागेको पक्की पुल शिलान्यास कार्यक्रम बिधवत रुपमा पुजापाठ गरि जयमंगलपुर को पुर्व गाबिस अध्यक्ष गौरिशंकर साह कानु ले एक कार्यक्रम का बिच शिलान्यास गर्नु भएको हो।
अोरिया खोलामा निर्माण हुन लागेको पक्की पुल बाट सो क्षेत्रका हजारौ जनता हरु लाई लाभ पुगने पुर्व अध्यक्ष साह ले जनाएका छन।अोरिया खोलामा ३ करोड २९ लाख को लागत मा निर्माण हुन लागेको पुल नागअर्जुण बिनोद साह जेभी ले ठेका लिएको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले जनाएका छन।
निर्माण अवधी २०७९ /११ सम्म फाईनल दिने जानकारी दिनुभएको हो। जयमंगलापुर तुल्सिवर्वा जोडन अोरिया खोला को पुल शिलान्यास कार्यक्रम मा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन, प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह,समसुल मियाँ ,वाडअधयक्ष बिनोद साह कानु, रामबालक राउत गदी, मोजिलाल साह, राजबली यादव, महेन्द्र साह कलवार, जिल्ला समन्व समिति पर्सा सदस्य सुबास साह, समाजसेबी ज्ञानबहादुर साह,स्थानिय नेता,कर्मचारी र स्थानिय हरु को सहभागीता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

