दिनेश धामी । बझाङ्ग। ५ फागुन। बझाङ्ग बित्थडचिरको देवेश्वरी माध्यमिक बिधालयमा कृषी जेटिएका बिधार्थी प्रयोगात्मकमा च्याउ खेती गर्दै छन।
देशमा भएको बेरोजगारीलाइ मध्यनजर गर्दै भावीपुस्ताका मान्छेहरुले बेरोजगारी भोग्न नपरोस भन्ने हेतुका साथ देवेश्वरी मा विमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अन्तगर्त कृषि जेटिए बिषय पढाइ हुने व्यवस्था गरिएको थियो।
च्याउ खेतिका लागि पराललाइ आगो र पानीमा बफाइन्छ। बफाएपछि पानी , जुटको बोरा , जाली , टयुब र धागो र बफाएको परालको बिचमा च्याउको बीउ राखी करिब ३ हप्ता तयार पारिन्छ।
भावी पुस्ताले कसरी कृषि पेसालाइ अगाल्न सक्छ्न भनेर ७६ सालमा स्थापाना गरिएको पहिलो वर्षको १८ महिने यात्रा पूरा गरेका छन । गाउपालिकाको देवेश्वरी मा विमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद अन्तर्गत कृषि जेटिए र अन्य संकाय पनि पढाइ हुने गर्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

