उमेश बि.क / नवलपरासी ,४ चैत
पुर्ब गृहराज्यमन्त्री ,नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समेत रहनु भएका देबेन्द्रराज कण्डेललाई शुभेच्छुकहरुले जन्मदिनको शुभकामना दिएका छन् ।

सांसद कण्डेल प्रतिनिधि सभा बैठककाे लागि काठमाडौं बसे पनि काम बिशेषले मंगलबार मात्र गृहजिल्ला फर्किनु भएको थियाे । बुधबार जन्मदिन परेसंगै शुभचिन्तकहरु पश्चिम नवलपरासीको महेशपुर घरमै गई शुभकामना ब्यक्त गरेका हुन ।

उल्लेखनीय शुभचिन्तक तथा राजनीति ब्यक्तित्वहरुले समाजिक सन्जाल मार्फत शुभकामना ब्यक्त गरेका हुन भने केही शुभेच्छुकहरुले सांसद कण्डेल निवास महेशपुरमै ‘केक काटेर’ जन्मदिनको शुभकामना दिएका हुन् ।

श्रीमती मन्जु कण्डेल , शिक्षा बिभाग केन्द्रीय सदस्य राधेश्याम पाठक , नेपाली काङ्ग्रेस उपसभापति अनिल गाैड ,सह-सचिव गजानन्द पटेल,क्षेत्रीय सदस्य प्रदिप अग्रहरी ,सरावल गाउँपालिका सभापति बिनाेद पाण्डेय , पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पवित्रा काेहार,सुनिता श्रेष्ठ ,स्वकीय सचिव कमल किशोर रायमाझी ,माधव पाण्डेय तथा देवराज भण्डारी लगायत ने.बि संघ तथा तरुण दल तथा जिल्ला नेता कार्यकर्ता उपस्थित भएर सांसद कण्डेललाई ६५ वर्ष लागेकाेमा खुसी व्यक्त गर्दै बधाई तथा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।









राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

