दिपेन्द्र खत्री / चैत्र ४ गुल्मी
गुल्मीमा आर्थिक वर्ष ०७७÷७८ मा राहदानी लिने संख्यामा कमी आएको छ । राहदानी लिनेको संख्या घटेपछि राजश्व संकलनमा समेत कमी आएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा गत वर्ष भन्दा यो वर्ष राहदानी लिनेहरुको संख्यामा कमी आएको हो । गत आर्थिक वर्षमा ३ हजार २४२ जनाले राहदानी लिएका थिए । यो वर्षमा २ हजार ४६६ जनाले राहदानी लिएका छन् । राहदानीबाट मात्रै आर्थिक बर्ष ०७७÷७८ मा १ करोड २६ लाख ३२ हजार ५ सय राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका साहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिए ।
गत आव ०७६÷७७ को तुलनामा आव ०७७÷७८ मा राहदानी लिनेको संख्या र राजश्वमा कमी आएको साहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । उनले कोभिड–१९ को प्रभावका कारण राहदानी र राजश्व संकलनमा कमी आएको बताए ।
आर्थिक वर्षमा ७ हजार ३४ जनाले नागरिकता लिएका छन् । पुरुष ३ हजार ६६४ जना र महिला ३ हजार ३७० जानले लिएका हुन् ।
राहदानी लिनेहरुको संख्यामा कमी आए पनि स्थानीय सरकारले बेरोजागरी हटाउन सकेको छैन् । विदेश जाने युवाहरुलाई यही रोजगारको वातावरण मिलाउने हो भने राहदानी लिनेको सख्यामा यसै गरी कमी आउने देखिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

