तुलसी राम पौडेल / अमवा ४ चैत्र
“सबैको घरमा स्वच्छ पानीको धारा ,निरोगी जिवनको सहारा ” भन्ने नाराका साथ रुपन्देहीको सियारी गाउँपालिका वडा .७ स्थित पश्चिम् अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको आठौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भयो। सियारि गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले खानेपानीको आठौं साधारण सभा तथा चौथो अधिवेशन एक कार्यक्रमका बीच उदघाटन गर्नु भएको थियोे ।सो अवसरमा बोल्दै उहाले स्वच्छ खानेपानी जिवनको प्रमुख कुरा भएकोले घर घरमा स्वच्छ खानेपानी पुर्याउने गाउपालिकाको लक्ष्य भएको बताउनु भयो ।

सम्पन्न आठौं साधारण सभा तथा चौथो अधिवेशनले सर्वसम्मत रुपमा झपेन्द्रराज अर्यालको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएको छ ।जसको उपाध्यक्षमा रत्नबहादुर पौडेल ,सचीव केशव प्रसाद अधिकारी ,कोषाध्यक्ष कपिल न्यौपाने ,सहसचिव सरस्वती भट्टराई अर्याल सर्वसम्मत निर्वाचित हुनु भएको छ।त्यसै गरि सदस्यहरुमा सुर्यनारायण यादव ,शालिकराम अधिकारी ,राधा थापा ,राम बहादुर थारू ,चोलाकान्त भट्टराई ,ममती खवास ,टिकादेवी न्यौपाने ,र नारायण केवट सर्वसम्मत निर्वाचित हुनुभएको छ।
लेखासमिती संयोजकमा जोगराज अधिकारी ,सदस्यहरुमा अर्जुन भण्डारी र माया भट्टराई सर्वसम्मत हुनुभएको छ।
सर्वसम्मत निर्वाचन सम्पन्न गर्न सफल हुने निर्वाचन मण्डलका संयोजकमा शेष नारायण अर्याल ,सदस्यहरुमा मिननाथ शर्मा ,अविराम विक ,मथुरा यादव र चिरञ्जीवी अधिकारी हुनुहुन्थ्यो ।
सस्थाका निवर्तमान अध्यक्ष सुन्दरप्रसाद गुप्ता लगायतको टिमबाट सर्वसम्मत नव निर्वाचित खानेपानीका पदाधिकारिहरुलाई बधाई दिइएको थियो ।
सुन्दरप्रसाद गुप्ताको अध्यक्षता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता,झपेन्द्रराज अर्यालबाट स्वागत मन्तव्य ,सुन्दरप्रसाद गुप्ताबाट वार्षिक प्रतिवेदन प्रस्तुत ,कपिल न्यौपानेबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,जोगराज अधिकारिबाट लेखा प्रतिवेदन प्रस्तुत, रामप्रसाद अर्यालको संचालनमा सम्पन्न कार्यक्रममा सियारी वाड नम्बर ६ का अध्यक्ष शेर वहादुर गुरुङ ,वाड नम्बर ७ कि वडा सदस्य लक्ष्मी विक ,दयानगर खानेपानीका अध्यक्ष श्रीराम यादव ,फर्साटिकर खानेपानीका अध्यक्ष ओम बहादुर फौदार लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

