उमेश बि.क / नवलपरासी ,३ चैत
पश्चिम नवलपरासीमा एक बुद्ध बेपत्ता भएको तिन दिनपछि मृत फेला परेका छन्।
जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ पर्सियाका करिब ७४ बर्षिय अलिशेर जाेल्हा फागुन २९ गतेदेखि बेपत्ता भएका थिए। उनकाे मंगलबार दिउँसो शव फेला परेको सरावल गाउँपालिका नगरप्रहरी राजेश यादवले राष्ट्रिय दैनिकलाई जानकारी दिएका हुन ।
जाेल्हाको शव सरावल ३ सरावलकाे नजिकै पुर्व हुलाकी नदिमा पानिमा डुबेको अवस्थामा फेला परेको सेमरी प्रहरीचाैकीका रमेश केसीले जानकारी दिए। जाेल्हाको मान्सिक सन्तुलन गुमेको पारिवारिक स्रोतले जानकारी दिइएको हाे। जाेल्हा घरबाट बेपत्ता भएदेखि आफन्तले खोजी सुरु गरेका थिए। हुलाकी नदिमा घाेप्टेकाे अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको हुन।

मृतक जाेल्हाकाे शव पाेष्टमार्टमकाे लागि पृथ्वी चन्द्र अस्पताल परासी लगिएकाे सेमरी प्रहरीचाैकीका रमेश केसीले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

