Rashtriya Dainik

भोजपुरी सुपरस्टार निरहुवाले आज तताउँदै सरावल मेला, १ बजे आगमन २ बजे प्रस्तुति

राष्ट्रिय दैनिक /नवलपरासी,२७ कार्तिक

दोस्रो सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला–२०८३ मा आज भोजपुरी चलचित्र जगतका सुपरस्टार तथा चर्चित अभिनेता एवं गायक दिनेशलाल यादव ‘निरहुवा’ ले आफ्नो विशेष सांगीतिक प्रस्तुति दिने भएका छन् ।

सरावल–२, मगरमुडहा खेल मैदानमा जारी मेलामा सुपरस्टार निरहुवा दिउँसो १ बजे उपस्थित हुनेछन् भने दिउँसो २ बजेदेखि उनको विशेष सांगीतिक प्रस्तुति सुरु हुने आयोजकले जनाएको छ ।

भोजपुरी संगीत तथा चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका निरहुवाको प्रत्यक्ष प्रस्तुति हेर्न दर्शकहरू उत्साहित छन् । उनका चर्चित गीत तथा मनोरञ्जनात्मक प्रस्तुतिले आज मेलाको माहोल थप संगीतमय र रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

आयोजकले सम्पूर्ण दर्शक, संगीतप्रेमी तथा भोजपुरी चलचित्रका पारखीहरूलाई समयमै मेला स्थलमा उपस्थित भई सुपरस्टार निरहुवाको प्रत्यक्ष प्रस्तुति अवलोकन गर्न आग्रह गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित