तुलसी राम पौडेल /फर्साटिकर, चैत३
रुपन्देहिको शुद्दोधन गाउपालिका वाड नम्बर ५ मानपकडी स्थित मानपकडी युवा क्लबको आयोजना शुद्दोधन गाउपालिका ,शुद्दोधन गाउपालिका ४ र ५ नम्बर वडा कार्यालयको सहयोगमा चैत्र १ गतेदेखि संचालित चौथो शुद्धोधन कप खुल्ला पुरुष भलिबल प्रतियोगिता चैत ३ गते मंगलवार समापन भएको छ।सम्पन्न भलिबल प्रतियोगितामा मणिमुकुन्द युवा क्लब रातो बुटवलले खेलको उपाधी हात पारेको छ।
जस अनुसार प्रथम पुरस्कार नगद ५५ हजार रुपैया ,शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। त्यसै गरि पाल्पाली युवा क्लब नवलपरासी दोस्रो स्थान हासिल गरि
पुरस्कार स्वरुप नगद ३५ हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यसै गरि शुद्धोधन गाउँपालिकाले तेस्रो स्थान हासिल गरि पुरस्कार स्वरुप नगद २० हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

मणिमुकुन्द युवा क्लब निलो सान्त्वना हुँदै नगद १० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी मणिमुकुन्द रातोका कमल श्रेष्ठ ,बेस्ट स्पाइकर पाल्पाली भलिबल क्लब नवलपरासीका कमल गहतराज, बेस्ट सेटर मणिमुकुन्द रातोका लोकेन्द्र भण्डारी,बेस्ट डिफेन्डर शुद्धोधन गाउँपालिकाका बोम बहादुर बुढामगर,बेस्ट ब्लकर शुद्धोधन गाउँपालिकाका सरोज चौधरी ,बेस्ट सर्भर मणिमुकुन्द रातोका गोपाल चौधरी भएका छन प्रतियोगितामा १२ टिमहरुको सहभागीता रहेको थियो।

मानपकडी युवा क्लबका अध्यक्ष राजकुमार चौधरीको अध्यक्षता ,शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता , क्लबका सचिव चन्द्रभान चौधरीको स्वागत मन्तव्य , क्लबका सल्लाहकार तथा कार्यक्रम संयोजक मोति थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा शुद्दोधन गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कंडेल ,वाड नम्बर ५ का वडा अध्यक्ष पुन्नेराम गौतम ,वाड नम्बर २ का वडा अध्यक्ष बिष्णु प्रसाद बस्याल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

