काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्राल, डिजल र मट्टीतेलको मूल्य २/२ रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले उज्यालोलाई जानकारी दिनुभयो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय एक रुपैयाँ पुगेको छ ।
यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढेको निगमले जनाएको छ । निगमले यसअघि फागुन ११ गते मूल्य बढाएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

