Rashtriya Dainik

बझाङमा‘म हिड्छु मेरो प्रदेश हिड्छ’ अभियान सञ्चालन

दोरेन्द्र खड्का /बझाङ ३ चैत ।

बझाङ जिल्लामा ‘म हिड्छु मेरो प्रदेश हिड्छ’ अभियान कार्यक्रम सञ्चालन भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको शुभारम्भ गरिएको छ ।

‘म हिड्छु मेरो प्रदेश हिड्छ’ अभियान सञ्चालनको अवसरमा जिल्लास्थीत सरकारी कार्यलयका प्रमुखहरु तथा सरोकारवासंग एक दिने अभिमुखीकरण कार्यक्रम संचालन गर्दै कार्यक्रमको शुभारम्भ गरीएकोे हो । स्वास्थ्य कार्यलयका प्रमुख भानुभत्त जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बझाङका प्रमुख खडक बहादुर खड्का रहेका थिए । यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी, जिल्लास्थीत सबै सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि पत्रकार तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

हिडडुल नगरी बसी रहँदा धेरै जस्ता ब्यक्तिहरुले नसर्ने रोगको सिकार हुनुपर्ने कारण यो अभियानले सबैको स्वास्थ्यमा सकारात्मक परिवर्तन आउने कार्यक्रमका फोकल पर्सन कटक बहादुर सार्कीले जानकारी दिए । मानिसमा लाग्ने सरुवा र नसर्ने रोगको रोगथाम तथा नियन्त्रण गर्ने उदेश्यले यो अभियान सुरु गरीएको स्वाथ्य कार्यलयका प्रमुख भानुभत्त जोशीले बताए ।

नियमीत रुपमा गरिने हिडाइबाट मुटु रोगको जोखीम घटाउने, रक्तचापको अवस्था सामान्य अवस्थामा ल्याउने, रक्त लिपिड प्रोफाइलमा सुधार ल्याउने, शाररिक तौललाई सन्तुलीत राख्न मद्धत गर्ने, मानसिक स्वास्थ्यमा सुधार ल्याउने, हड्डी खिइने जोखीम घटाउने, स्तन क्यान्सरको जोखीम घटाउने, मधुमेह मोटोपनमा कमी आउने, डिप्प्रेशन, चिन्ता रोगको जोखीम घटाउने आदी फाइदा गर्ने भएका कारण कम्तीमा पनी आफ्नो स्वाथ्यको ख्याल गरी दैनिक आधा घण्टा हिड्न सक्नेले हिटडुल गर्नु पर्ने र दौडन सक्नेले दौडनु पर्ने स्वास्थ्य कार्यलयका प्रमुख भानुभत्त जोशीले बताएका थिए ।

यो अभियान जिल्ला सदरमुकाम चैनपुरमा रहेको सबै सरकारी कार्यलयहरुबाट लागु गर्ने योजना रहेको उनले बताए । अभियनले राष्ट्रसेवक कर्मचारीलाई मात्रै नभएर आम सर्वसाधारणलाई समेत फाईदा पुग्ने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । उनले राष्ट्रसेवक कर्मचारीले मानसिक रुपमा परिश्रम बढी गर्नु परेको बताउदै अब यो अभियानले शाररिक रुपमा पनि परिश्रम गर्न सिकाउने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित