उज्ज्वल घरजग्गा काराेबार प्रा.लि. सुर्खेतकाे ब्यबसायिक रूपमा उद्वघाटन ।

     विजया दशमीकाे शुभ अवसर तथा समाजसेवी , युवा नेता युवा ब्यबसायी धिरेन्द्र चन्द्र ठकुरीकाे शुभ जन्माेत्सवकाे पावन अवसरमा उज्ज्वल घरजग्गा काराेबार प्रा.लि.काे समुद्वघाटन कार्यक्रम सु-सम्पन्न गरिएकाे छ ।

    निश्चित खाेज, अनुसन्धान र लामाे समयकाे गृहकार्य पछि उज्ज्वल घरजग्गा काराेबार प्रा.ली. लाई फिल्डमा उतार्ने हेतुले सबै मापदण्डअनुरूप प्रक्रिया पुर्याइ नियमसंगत रूपमा उद्वघाटन गरिएकाे हाे । अहिले सम्म कम्पनीलाई विभिन्न माध्यमबाट प्रचारप्रसार गरिदै आइरहेकाे छ। डिजिटल युगकाे रूपान्तर सँगै डिजिटल प्रणालीलाई एकदमैबढी प्रयाेगमा ल्याइने साथै चरणबद्ध रूपमा डिजिटल बिज्ञापन तथा प्लाटफर्मकाे स्तराेन्नति गरिनेछ र कम्पनीको कार्यालय सुर्खेत एयरपोर्ट चाेकमा रहेकाे छ।

    कम्पनीका संचालक तथा प्रबन्ध निर्देशक धिरेन्द्र चन्द ठकुरीकाे विगत लामाे समय देखिकाे घरजग्गा सम्बन्धि अनुभव र सुचना प्रबिधि क्षेत्रमा पाइला चाल्दै गर्नु भएका कम्पनीमा कार्यकारी निर्देशक प्रकाश सुवेदी ‘जल्वा’ काे अनुभवलाई मिश्रित नीति अनुरूप मुर्त रूप दिएर नयाँ प्रविधिलाई आत्मसात गरि उज्ज्वल घरजग्गा काराेबार संचालनमा ल्याइएकाे हाे। हाम्रो कार्यविभाजन बारे हामी पुर्ण रूपमा स्पष्ट छाैँ । ग्राउन्ड देखि डिजिटल प्रमाेट बारे स्पष्ट खाका बनाएकाले काम प्रति पनि लगाब रहने छ भन्ने मा ढुक्क छु म्यानेजिङ्ग डाइरेक्टर ठकुरीले कामकाे बाँडफाँड बारे यसरी स्पष्ट पार्नु भयाे ।साथै नेपाल सरकारले ताेकेकाे मापदण्डअनुशार कम्पनी संचालन हुनेछ। यसका लागि पहिलाे चरणका काम सकिएका र तिहार लगत्तै कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगरकाे विभिन्न स्थानमा आफ्नाे लगानीमा कम्पनीले प्राेजेक्ट शुरू गर्नेछ डाइरेक्टर ठकुरीले आफ्नाे भनाइ थप्नु भयाे ।

   अबकाे विश्व परिवेश सँगै नेपालमा पनि जाेइन्ट भेन्चर मार्केटिङकाे प्रभाव पर्ने देखिन्छ । भबिस्यमा ब्यबसाय तर्फ सफलता पाउन विभिन्न क्षेत्रहरूलाइ मर्ज गरि एउटा रणनीतिबाट अगाडि बढाउनु पर्छ र उज्ज्वल घरजग्गा काराेबार प्रा.ली.मा पनि यसै पाेलिसिलाई फ्लाे गरिएकाे भन्ने कुरा कम्पनीका कार्यकारी निर्देशक सुवेदीले जानकारी दिनुभयाे ।सुवेदी सुचना प्रविधि क्षेत्रमा अध्ययनरत विधार्थी हुन भने विगत २ बर्ष देखि डिजिटल मार्केटिङ क्षेत्रमा काम गर्दै आइरहेका छन । त्यसैगरी SEO र Android application क्षेत्रमा पनि काम गरिरहेका सुवेदीले राम्रो टेक्नाे टिम बनाएर चन्द्र सुर्य टेक्नोलोजीलाई नेतृत्व प्रदान गरिरहेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!