Rashtriya Dainik

दुई तहको सरकारलाई योगको माध्यमबाट जोडदै मायादेवी गाउँपालिका

तुलसी राम पौडेल /बुटवल , चैत ३

रुपन्देहीको मायादेवी गाउँपालिका वाड नं. ७ मा तिन दिने योग शिविर तथा कोभिड रोगप्रतिरोधि औषधि वितरण कार्यक्रम सम्पन्न भयो । उक्त योग शिविर कार्यक्रम हाटीवनगाई आयुर्वेद औषधालयको संयोजनमा वडास्तरीय २५ जना सहभागिहरुलाई सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक डा पुष्पराज पौडेल, लुम्बिनी आयुर्वेद चिकित्सालयका वैद्य तथा योग प्रशिक्षक विष्णुहरी आचार्य , हाटिवनगाई आयुर्वेद औषधालयका प्रमुख ध्रुवराज भण्डारी तथा आयुर्वेद सहायक रीता ज्ञवालीले योगसिकाउनुका साथै आयुर्वेद तथा जीवनशैलीका बिभिन्न बिषयवस्तुहरुमा प्रशिक्षण तथा सहजीकरण प्रदान गर्नुभयो ।

उक्त कार्यक्रमको समापन समारोहमा बोल्दै मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले आयुर्वेद चिकित्साको महत्व कोरोना महामारीले पनि बढाएको बताउनुभयो । मन्त्रालयका आयुर्वेद चिकित्सक डा पुष्पराज पौडेलले योग, खानपानशैली सहितको जीवनशैली तथा जडीबुटीको सही प्रयोगबारेमा बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थीले औषधालयमा योग हल निर्माणगरी क्रमश सबैलाई योगभ्यास गर्न सिकाउनुपर्ने कुरामा जोड दिनुभयो । वडाध्यक्ष रामाशंकर यादवको अध्यक्षता तथा कविराज निरीक्षक ध्रुवराज भण्डारीले संचालन गर्नुभएको उक्त कार्यक्रमको समापनमा बोल्दै यादवले आफ्नो वाडले आयुर्वेदको कार्यक्रममा आगामी बर्ष थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित