Rashtriya Dainik

धनगडवामा सांस्कृतिक तथा खेलकुद कार्यक्रम अाज देखि सुरु

नन्दु यादव /चैत ३ ,नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ५ काे धनगडवामा महाशिवरात्रि पर्वकाे उपलक्ष्यमा अाज देखि सास्कृतिक तथा खेलकुद कार्यक्रम सुरु भएकाे छ ।

वडा न ५ का वडाअध्यक्ष दिनेश सहानीकाे सभापतित्व तथा राष्ट्रिय सभा सदस्य रामलखन हरिजनकाे प्रमुख अतिथ्यतामा अाज एक कार्यक्रम बिच उदघाटन गरिएकाे छ ।

उदघाटन कार्यक्रममा गाेपि हरिजनले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम समाजसेवी सुरेश यादव ,रामचन्द्र राजभर ,वडा न ६ का वडा अध्यक्ष कैलाश यादव ,गाउपालिका उपाध्यक्ष उत्तमा राय ,गाउपालिका अध्यक्ष राधेश्याम चाैधरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।

कार्यक्रममा कुस्ति ,कपर्दि र सास्कृतिक कार्यक्रम सन्चालन हुने अायाेजकले जनाएकाे छ ।उदघाटन कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि रामलखन हरिजनले खेलकुद एउटा एकअापसि मा सद्भाव साटासाट गर्ने माध्यम रहेकाेले खेलाडीहरु अनुसानमा बसेर खेल खेल्न सबैमा अाग्रह गर्नु भयाे ।

खेलाडिहरुले एकाईसाै शताब्दी मा खेललाई पनि ब्यवसायिक रुपमा बनाउनु पर्ने कुरामा जाेडदिनुु भयाे ।खेलकुद ले शारीरिक स्वस्थ्य र जीवन यापनकाे अाधार रहेकाे ले सबै खेलाडि खेलमा लाग्नुपर्ने बताउनु भयाे ।खेलकुद क्षेत्रमा सहयाेग गर्दै अाएकाे र अाउनेदिनमा थप सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।अब हरेक स्थानिय तहले खेलकुदकाे लागि खेलाडि उत्पादन गर्न काेचिङ कक्षा सन्चालन गर्नु पर्ने कुरा बताउनु भयाे।कार्यक्रम भाेलि समापन गरिने अायाेजकले जनाएकाे छ ।कार्यक्रम सरावल गाउपालिका वडा न ५ काे अायाेजनामा भएकाे हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित